आन्तरिक हवाई उडानमा ७० वर्षमाथिका ज्येष्ठ नागरिकलाई भाडामा ५० प्रतिशत छुट दिने सरकारी निर्देशन कार्यान्वयन गर्न नसकिने निजी हवाई सेवा प्रदायकहरुले जनाएका छन्।
निजी हहवाई सेवा प्रदायकहरुको छाता संगठन नेपाल वायुसेवा सञ्चालक संघले भाडा छुट दिन नसकिने पत्र सरकारलाई बुझाएको छ।
यो खबर आजको कारोबार दैनिकमा दीपेन्द्र थापाले लेखेका छन्।
सोमबार संस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेश भट्टराईले एकवर्षे कार्ययोजना सार्वजनिक गर्दै आन्तरिक उडानमा ज्येष्ठ नागरिकलाई छुट दिइने घोषणा गरेका थिए। यसबारे धारणासहित संघले मंगलबार मन्त्रालयमा जवाफीपत्र पठाएको अध्यक्ष पवित्र कार्कीले बताए।
भट्टराईले निजी वायुसेवा सञ्चालकहरूसँग समन्वय गर्दै तीन महिनाभित्र अध्ययन गरी यो लागू गर्ने घोषणा गरेका थिए।
प्रतिक्रिया