छापा खबर


रवि लामिछानेको पक्षमा किन उर्लियो जनलहर?

रवि लामिछानेको पक्षमा किन उर्लियो जनलहर?

नेपालखबर
भदौ १२, २०७६ बिहिबार ०:३२,

आत्महत्या दुरुत्साहन कसुरमा जिल्ला अदालत चितवनबाट पाँच लाख धरौटी बुझाएर छुटेका सञ्चारकर्मी रवि लामिछानेले मंगलबार चितवनमा धन्यवाद सभा राखे।

सभामा हजारौँ उपस्थित त थिए नै, राजनीतिक दलले गर्ने आमसभाकै झल्को दिने उक्त सभाका सहभागी भने फरक फरक सामाजिक र राजनीतिक पृष्ठभूमिका देखिन्थे।

यो खबर आजको कान्तिपुर दैनिकमा जनकराज सापकोटाले लेखेका छन्।

बुधबार काठमाडौँ फर्केका सञ्चारकर्मी लामिछानेलाई पछ्याउनेको भिड पनि उस्तै थियो।

फौजदारी अभियोगमा मुद्दा खेपिरहेका सञ्चारकर्मीलाई पछ्याउने यति ठूलो संख्या कसरी निर्माण भयो? रविलाई पछ्याउनेहरु सामान्य प्रशंसक मात्रै हुन् वा राजनीति, विधि र व्यवस्थाबाट दिक्क भएकाहरुको जनमत हो?

राजनीतिकशास्त्री कृष्ण खनालको बुझाइमा सामाजिक सञ्जालको माध्यमबाट जोडिएका र त्यसैबाट रविलाई पछ्याइरहेको समूहलाई सामान्य ठानेर नजरअन्दाज गर्न मिल्दैन।

‘रविलाई पछ्याइरहेको र यही मुद्दामा जोडिएर आफ्नो मत राखिरहेको ठूलो समूहलाई परम्परागत राजनीतिबाट वितृष्णा भइरहेको जनमतको रुपमा पनि बुझ्न सकिन्छ,’ उनले भने।

खनालको बुझाइमा राजनीतिक दलहरु परम्परागत सोचाइका छन्, जबकि नयाँ पुस्ता प्रविधि, सञ्चार र सामाजिक सञ्जाल सम्पर्कले बदलिइसकेका छन्।

‘धेरैजसो नेताहरु बदलिँदो दुनियाँबारे जानकार छैनन्, नयाँ प्रविधिबारे ख्याल छैन। केही -केही सामाजिक सञ्जालमा छिरेका त छन्, तर त्यो पनि अरुको सहयोगमा। उनीहरुमा समयअनुसार बललिने सोच र सिक्ने चाहना दुबै देखिँदैन,’ उनले भने।

यस्तो पृष्ठभूमिमा टेलिभिजन, सामाजिक सञ्जाल र युट्युबमार्फत् लामिछाने जबर्जस्त रुपमा उदायका हुन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad