ad ad

छापा खबर


हिरासतबाट छुटेपछि समर्थकको ‘स्वागतसभा’मा के भने रविले?

हिरासतबाट छुटेपछि समर्थकको  ‘स्वागतसभा’मा के भने रविले?

नेपालखबर
भदौ ११, २०७६ बुधबार ३:१४,

हिरासतबाट धरौटीमा छुटेका टेलिभिजन कार्यक्रम प्रस्तोता रवि लामिछानेलाई उनका समर्थकले स्वागत गरेका छन्।

चितवन जिल्ला अदालतको आदेशमा रिहा भएका लामिछानेले समर्थकको साथ र मायालाई आत्मसात् गर्दै सञ्चारकर्ममा नै थप क्रियाशील हुने प्रतिबद्धता व्यक्त गरेका छन्।

लामिछाने र उनका सहकर्मी युवराज कँडेललाई स्वागत गर्न सयौँ समर्थक नारायणी नदी किनारमा भेला भएका थिए। आफ्ना पक्षमा बोल्ने समर्थकलाई मंगलबार दिउँसो दुई बजे लामिछानेले सभामा धन्यवाद दिए। यो खबर आजको नयाँ पत्रिकामा दिपेन्द्र अधिकारीले लेखेका छन्।

rabi 6

मुद्दाको अन्तिम टुंगो नलाग्दासम्म यस विषयमा सार्वजनिक रूपमा आफ्ना प्रतिक्रिया राख्न नपाउने भनेर अदालतले रोक लगाएपछि उनले समर्थकको भूमिका र खराब राजनीतिबारे मात्रै बोलेका थिए । आफूले खेपेको मुद्दाबारे अहिले बोल्न नमिले पनि यस्तै मुद्दाका अन्य पीडितबारे आवाज उठाउने उनको भनाइ छ ।

‘निमुखाको पक्षमा बोल्छु’
गरिब र बेसहारा नागरिकको पक्षमा आवाज उठाउन आफूमा शक्ति थपिएको लामिछानेले बताए । उनले मंगलबार नै घाइते समर्थकलाई अस्पतालमा गएर भेटेर स्वास्थ्य लाभको कामना गरेका छन् । घाइतेको उपचार र पक्राउ परेका समर्थकको रिहाइको माग गरिने उनले प्रतिबद्धता पनि जनाए ।

जनप्रतिनिधिहरू इमानदार भए आफू सञ्चार क्षेत्रमै रहेर काम गर्ने बताए । ‘नीति निर्माणमा पुगेका मानिसलाई अझ बढी खबरदारी गर्दै जानेछौँ,’ उनले भने । कँडेलले पनि समर्थकले गरेको खबरदारी कहिल्यै नभुल्ने बताए । अदालतले आफूहरूलाई न्याय दिने विश्वास गर्दै उनले समर्थकको माया र साथबाट ऊर्जा मिलेको बताए।

आत्महत्या दुरुत्साहनको मुद्दा खेपिरहेका लामिछानेलाई अदालतले पाँच लाख, कँडेललाई तीन लाख र अस्मिता कार्कीलाई साधारण तारेखमा सोमबार साँझ रिहा गरेको थियो। पत्रकार शालिकराम पुडासैनीलाई आत्महत्या गर्न दुरुत्साहन गरेको आरोपमा उनीहरूलाई चितवन प्रहरीले साउन ३० गते काठमाडौंबाट पक्राउ गरेर चितवन ल्याएको थियो।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .