ad ad

छापा खबर


सिंगापुरबाट प्रधानमन्त्रीको सुखद सन्देश !

सिंगापुरबाट प्रधानमन्त्रीको सुखद सन्देश !

नेपालखबर
भदौ ११, २०७६ बुधबार २:१७,

‘डाक्टरहरुले सात पटकसम्म प्लाज्मा फेरेसिस अर्थात् एन्टीबडी उपचार गर्नुपर्छ भनेका छन्। त्यसमध्ये दुईचोटी भइसक्यो। अहिलेसम्म किड्नी ट्रन्सप्लान्ट गर्नु नपर्लाजस्तो छ। तपाईहरु चिन्ता नगर्नुस्, म छिट्टै उपचार सिध्याएर काठमाडौँ आउने छु।’

सोमबार काठमाडौँमा बसिरहेको मन्त्रिपरिषद् बैठकमा भिडियो कन्फरेन्समार्फत सिंगापुरबाट सहभागी भएका प्रधानमन्त्री केपी शर्मा ओलीले माथिका कुरा बताएपछि मन्त्रीहरु हर्षित देखिए।

अर्थात् प्रधानमन्त्रीको स्वास्थ्यस्थितिमा सुधार भइसकेको छ। यो खबर आजको जनआस्था साप्ताहिकले छापेको छ।

सिंगापुर जानु अघिल्लो साँझ शहरी विकासमन्त्री इस्तियाक राइनसँग बालुवाटारमा भेट हुँदा प्रमले भनेका रहेछन्, ‘म कम्तिमा १५ दिन आउँदिन।’

अर्थात् सिंगापुर उड्नुअघिको अशय थियो, ‘देशवासीले उपचारमा एक दुई महिना लाग्न पनि सक्छ भनेर बुझ्दा हुन्छ।’

ट्रान्सप्लान्ट, मेजर अप्रेशन गर्नु नपर्ने पनि हुनसक्छ। मिर्गौला रोग विशेषज्ञ डा.ऋषिकुमार काफ्लेका अनुसार एकचोटी रिट्रान्सप्लान्ट गर्न र रिकभर हुन तीन महिनासम्म पनि लाग्न सक्छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .