छापा खबर


भक्तपुर क्यान्सर अस्पतालमा बिरामीले पाउन थाले सहज सेवा

भक्तपुर क्यान्सर अस्पतालमा बिरामीले पाउन थाले सहज सेवा

नेपालखबर
भदौ १०, २०७६ मंगलबार २:११,

भक्तपुर क्यान्सर अस्पताललाई भक्तपुर नगरपालिकाले आफू मातहत ल्याएपछि सेवाग्राहीले पाउने सुविधामा सहज भएको छ।

अस्पतालका मेडिकल डाइरेक्टर डा.ऋषिकेशनारायण श्रेष्ठले दैनिक १० वटासम्म जटिल शल्यक्रिया हुने गरेको बताए।

नगरपालिकाको व्यवस्थापन आएपछि सहज ढङ्गले उपचार सेवा दिन सकेको जानकारी दिँदै उनले बिरामीको उपचारमा कुनै बाधा अड्चन नआएको प्रस्ट पारे।

पुरानो व्यवस्थापन हुँदा दैनिक ८० जना बिरामी भर्ना हुने गरेकामा हाल १२० जना बिरामी भर्ना हुने गरेका छन्। पुरानो समिति हुँदा दैनिक पाँच जनासम्मको शल्यक्रिया हुने गरेकामा हाल आठदेखि १० जना बिरामीको जटिल शल्यक्रिया हुने गरेको डा. श्रेष्ठले बताए।

पछिल्लो समय बिरामी भर्नाका लागि आवश्यक बेडसमेत नभएको उनको भनाई छ। यो खबर आजको गोरखापत्र दैनिकमा सरोज ढुंगेलले लेखेका छन्।

नगरपालिकाले दूधपाटीस्थित भक्तपुर क्यान्सर अस्पतालको पुरानो व्यवस्थापन समिति विघटन गरेर नगरपालिकाका प्रमुख सुनील प्रजापतिको अध्यक्षतामा नयाँ व्यवस्थापन समिति गठन गरेपछि सेवामा सहजता आएको हो।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad