आज (मंगलबार) देशका केही ठाउँमा चट्याङसहित पानी पर्ने सम्भावना रहेको मौसमविद्ले बताएका छन्।
मौसम पूर्वानुमान महाशाखाका मौसमविद् समीर श्रेष्ठक अनुसार दिउँसो काठमाडौं उपत्यकासहित देशका केही स्थानमा मेघगर्जन/चट्याङसहित क्षणिक वर्षा हुने सम्भावना देखिएको हो।
तर भारी वर्षाको सम्भावान कतै नरहेको उनले बताए।
मौसमविद् श्रेष्ठका अनुसार अहिले मनसुनको न्यून चापीय रेखा औसत स्थानबाट दक्षिण रहेकाले नेपालमा मनसुन निस्क्रियजस्तै अवस्थामा छ।
‘आगामी तीन दिनसम्म मौसम यस्तै रहने देखिन्छ,’ उनले नेपालखबरसँग भने, ‘तर मनसुनका बेला भएकाले ठूलो वर्षा नभए पनि फाटफुट वर्षा भने भइरन्छ।’
तर मनसुन अझै एक महिना बाँकी रहेकाले पुनः ठूलो वर्षा हुने सम्भावना टरिसकेको छैन। ‘मनसुन अझै एक महिना बाँकी नै छ,’ उनले भने, ‘दक्षिण गएको न्यून चापीय रेखा फेरि उत्तर आउने र वर्षा बढ्न सक्ने सम्भावना छ।’
आगामी तीन दिनको मौसम पूर्वानुमान
भाद्र १० गते मंगलबार
दिउँसो : देशभरि आंशिक देखि सामान्य बदली रही केही स्थानहरुमा मेघ गर्जन र चट्याङसहित हल्कादेखि मध्यसम्म वर्षा हुनेछ।
राति : देशभरि आंशिकदेखि सामान्य बदली रही थोरै स्थानहरुमा मेघ गर्जन र चट्याङ सहित हल्कादेखि मध्यसम्म वर्षा हुनेछ।
भाद्र ११ गते बुधबार
दिउँसो : देशभरि आंशिकदेखि सामान्य बदली रही केही स्थानहरुमा मेघ गर्जन र चट्याङ सहित हल्का देखि मध्यसम्म वर्षा हुनेछ। पहाडी भेगका १/२ स्थानहरुमा भारी वर्षाको सम्भावना छ।
राति : देशभरि आंशिकदेखि सामान्य बदली रही थोरै स्थानहरुमा मेघ गर्जन र चट्याङसहित हल्कादेखि मध्यसम्म वर्षा हुनेछ।
भाद्र १२ गते बिहीबार
दिउँसो : देशभरि आंशिकदेखि सामान्य बदली रही केही स्थानहरुमा मेघ गर्जन र चट्याङसहित हल्कादेखि मध्यसम्म वर्षा हुनेछ। पहाडी भेगका १/२ स्थानहरुमा भारि वर्षाको सम्भावना छ ।
राति : देशभरि आंशिक देखि सामान्य बदली रही केही स्थानहरुमा मेघ गर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षा हुनेछ।#माैसम पूर्वानुमान महाशाखा

प्रतिक्रिया