छापा खबर


रामदेवका मुख्य सहयोगी आचार्य बालकृष्णलाई कसले खुवायो विष?

रामदेवका मुख्य सहयोगी आचार्य बालकृष्णलाई कसले खुवायो विष?

नेपालखबर
भदौ १०, २०७६ मंगलबार ०:२५,

गत साता अचानक अस्वस्थ भएका भारतस्थित पचञ्जलि योगपीठका प्रभावशाली व्यक्ति आचार्य बालकृष्णलाई कसैले विष खुवाएको खुलासा भएको छ।

नेपालको स्याङ्जामा जन्मिएका आचार्य भारतका प्रभावशाली योग गुरु रामेदेवका मुख्य सहयोगी हुन्।

कृष्ण जन्माष्टमीका दिन भक्तले उपलब्ध गराएको प्रसाद (पेडा) खाँदा अचानक बिरामी भएका आचार्य बालकृष्णको स्वास्थ्यमा सुधार देखिएको छ।

पेडा खाएपछि बेहोस भएका आचार्यलाई तत्काल पतञ्जलि स्वामित्वामा रहेको अस्पतालबाट अर्कै अस्पतालमा सरुवा गरिएको थियो। यो खबर आजको नेपाल समाचारपत्रमा ईश्वराज ढकालले लेखेका छन्।

आचार्यलाई पेडामा विष मिसाएर खान दिएको आशंका गरिएको छ।

नेपालमै औषधि उत्पादन गरी बजार विस्तार गर्ने योजनासहित पटकपटक नेपाल आएका आचार्य बालकृष्णको फुड प्वाइजन भएको वा होइन भन्ने विषयमा अनुसन्धान गर्नुपर्ने देखिएको छ।

सोमबार बिहान नेपाल फर्कनुअघि पतञ्जलि योगपीठ नेपालका अधिकारीसँग कुरा गर्दै बाबा रामदेवले आचार्य बालकृष्णलाई कसैले पेडामा विष मिसाएर खुवाएको र सो विषयमा अनुसन्धान भइरहेको बताए।

‘हामीले तत्काल जानकारी पायौं र उहाँलाई उपचार गर्न सम्भव भयो,’ रामदेवको भनाई राख्दै नाम उल्लेख गर्न नचाहने एक सदस्यले भने, ‘यस विषयमा रामदेव अत्यन्तै चिन्तित हुनुहुन्छ, अनुसन्धान गरी दोषीलाई कारबाही गर्ने आश्वासन दिनुभएको छ।’

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad