एक वर्षअघि पोखराका एक युवकलार्य लामइ रोगको शंका लाग्यो।
उनी आफैं सचेत भएकलो शुक्रराज ट्रपिकल रोग अस्पतालका डाक्टर शेबरबहादुर पुनलाई भेटे। डाक्टर पुनले लाइम रोगका पहिचान गरे।
तर नेपालमा प्रयोगशाला परीक्षण सुविधा नभएकाले उनी भारत गए।
भारतीय अस्पतालले पनि विदेशमा रगत परीक्षण गर्न पठाएर मात्र उनको रोग यकिन गर्यो। लाइम रोग लाग्नेहरू नेपालमा धेरै छन्
तर यो रोगबारे धेरैलाई थाहा छैन। जसले गर्दा उनीहरू रोग पालेर बसिरहेका छन्।
के लाइम रोग?
चिकित्सकका अनुसार नेपालमा पनि यो रोगबारे चिकित्सक र बिरामी धेरैलाई थाहा छैन। जंगल तथा रूखविरुवाका झ्याङमा पाइने कालो खुट्टा भएको कीरा (किर्ना प्रजाति) ले टोक्दा छालामा बोरोलिया भन्ने कीटाणु सर्छ।
त्यसपछि यसले छालामा र पछि गएर विभिन्न भित्रि अंगमा असुर पुर्याउँछ। विशेषगरी नसाहरूमा असुर पुग्छ र मानिस पूरै अपांग हुन सक्छ।
नसामा असर गर्ने भएकाले मुखको एकातिरको भाग लत्रिने, खुट्टा सुन्निने, फोक्सोेमा निमोनियाँ हुने र मुटुको धड्कन अनियमित हुने, शरीरमा घोचेजस्तो, निदाए जस्तो हुने, नसालाई तथा मुटुलाई छुनेजस्ता समस्या उत्पन्न हुन्छन्।
मेनिन्जाइटिस हुँदाजस्तो घाँटी अररो हुने समस्या पनि लाइममा हुन्छ। ‘डा. पुन भन्छन्, ‘यो रोगको उपचार नसर्ने रोगमा पुगेर हुन्छ।’याे जानकारी अाजकाे नागरिक दैनिकमा पवित्रा सुनारले प्रस्तुत गरेकी छन्।
जोखिममा को को ?
खेतबारीमा काम गर्ने तथा वनजंगलमा घाँसदाउराका लागि जाने किसान, हाइकिङ गर्ने र पर्यटक बढी यस रोगको जोखिममा रहेको चिकित्सक बताउँछन्। उपचारमा आउनेहरू घाँसदाउरा गर्ने महिला र हाइकिङ गर्न जानेहरू नै बढी हुने गरेको चिकित्सकको अनुभव छ। यस रोगबाट महिला र पुरुष दुवै संक्रमित रहेको वीर अस्पतालका छालारोग विशेषज्ञ डा. भाष्करमोहन कायस्थ बताउँछन्। अमेरिकनहरू बढी मात्रामा बनजंगलमा घुम्न जाने चलनले यो रोगको संक्रमण उनीहरूमा बढी हुने गरेको पाइन्छ। नेपालमा घाँसदाउरा गर्न जंगल जाने र पछिल्लो समय पर्यटक तथा अन्य मानिस पनि हाइकिङ जाने चलन बढ्दै गएकाले यो समूह बढी जोखिममा रहेको चिकित्सक बताउँछन्।
यी हुन् लक्षण
रुघाखोकी लागेजस्तो हुने
आँखा गह्रुँगोजस्तो हुने
कीराले टोकेका ठाउँवरिपरि रातो हुने र बीचमा खाली हुने
रातो गोलो बढ्दै जाने
कसैमा यसतो घाउ नदेखिन पनि सक्छ
लाइम संक्रमण भएका ८० प्रतिशत मानिसमा यस्तो लक्षण देखिने
पछिपछि हातखुट्टा झमझमाउने
जोर्नीहरू दुख्ने
मुटु दुख्ने
उपचार
लाइम रोगको सुरुमै उपचार भएमा निको हुन्छ। सुरुमा छालामा समस्या देखिने भएकाले यसको उपचार चर्मरोग विशेषज्ञले गर्छन्। यस रोगमा एन्टिवायोटिक दिएर उपचार गरिन्छ। तर एन्टिवायोटिक तीनदेखि चार हप्तासम्म खानुपर्छ। यस रोगमा दुईथरीका ब्याक्टेरिया भएमा पछि गएर नसर्ने रोग लाग्छ। यदि कीटाणु एकथरीको मात्र रहेको अवस्थामा सुरुकै उपचारले निको हुन्छ। तर यो रोगको परीक्षण गर्ने कीटाणु परीक्षण गर्ने व्यवस्था अहिलेसम्म नेपालमा छैन। धेरजसो उपचार सामान्य मेडिकल अफिसर, चर्मरोग विशेषज्ञ र नसारोग विशेषज्ञले गर्दै आएका छन्। खास रोगको पहिचान गरेर उपचार हुन सकेको छैन।

प्रतिक्रिया