छापा खबर


‘क्रिएटिनिन’ ले बिगार्‍याे प्रधानमन्त्रीको स्वास्थ्य, के हो क्रियटिनिन ?

‘क्रिएटिनिन’ ले बिगार्‍याे प्रधानमन्त्रीको स्वास्थ्य, के हो क्रियटिनिन ?

नेपालखबर
भदौ ७, २०७६ शनिबार १:४१,

प्रधानमन्त्री केपी शर्मा ओलीको रगतमा ‘क्रिएटिनिन’को मात्रा बढेपछि यो शब्द यतिबेला चर्चा र चासोमा छ।

ओली उपचारका लागि दुई सताभित्रै दोस्रो पटक उपचार गर्न सिंगापुर उडे।

शरीरबाट निस्कने यही व्यर्थ पदार्थ अर्थात ‘क्रिएटिनिन’ ले स्वास्थ्य स्थितिमा पार्न सक्ने प्रभाव र असरबारे जनचासो ह्वात्तै बढेको छ।

यो खबर आजको कान्तिपुर दैनिकमा अतुल मिश्रले लेखेका छन्।

प्रम ओलीको स्वास्थ्य बिग्रनुको पहिलो संकेत रगतमा देखिएको ‘क्रिएटिनिन’को बृद्धिलाई मानिएको छ।

रगतमा सामान्यभन्दा बढी मात्रामा देखिएको यही ‘क्रिएटिनिन’ ले प्रधानमन्त्रीको १२ वर्षअघि प्रत्यारोपण गरिएको मृगौलामा समस्या आउन थालेपछि थप उपचार जरुरी देखिएको हो।

मेटाबोलिक पदार्थ ‘क्रिएटिनिन’ले हाम्रो भोजनलाई उर्जामा परिवर्तन गर्न सघाउँछ र टुटेर ‘क्रिएटिनिन’ नामक व्यर्थ पदार्थमा परिणत हुन्छ।

धर्मभक्त मानव अंग प्रत्यारोपण केन्द्रका नेफ्रोलजिस्ट डा.सुमित आचार्य ‘क्रिएटिनिन’ को मात्रा बढ्नु भन्नुको तात्पर्य मृगौला समस्याग्रस्त भएर यो व्यर्थ पदार्थ शरीरबाट सहज रुपमा ननिस्कनु हो।

मानिसमा सामान्यतयाः दुईवटा मृगौलाले सँगै जन्म लिए पनि मात्र एउटा मृगौलाले समेत प्रभावकारी रुपमा सबै महत्वपूर्ण काम गर्न सक्षम हुन्छ।

सामान्य रुपमा ५ देखि १० प्रतिशतसम्म मृगौला खराब भएको अबस्थामा ‘क्रिएटिनिन’ नबढ्ने औँल्याउँदै डा. आचार्य भन्छन्, ‘करिब २५ प्रतिशतसम्म मिगौला खराब हुँदा पनि सामान्यतः ‘क्रिएटिनिन’ बढ्दैन।

‘क्रिएटिनिन’ मृगौला खराब भइसकेपछि मात्र बढ्ने गर्छ। ‘क्रिएटिनिन’ र युरिया मृगौलाले उत्पादन गर्ने दुईटा काम नलाग्ने पदार्थ हुन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad