छापा खबर


नेकपामा नेपालको नियति

नेकपामा नेपालको नियति

नेपालखबर
भदौ ७, २०७६ शनिबार १:५४,

पार्टी समीकरण नै हल्लिने गरी चलेको पछिल्लो ‘मुभ’ ले नौजनाको सचिवालयमा एक्लिएका कामरेड नेपाल ‘कर्नर’ मा सीमित हुन पुगेका छन्।

सत्तारुढ दल नेकपामा समीकरण बदलिएसँगै पार्टीमा को–कति बलियो भन्ने भित्री बहस सुरु भएको छ।

पार्टीका मुख्य तीन नेता प्रधानमन्त्रीसमेत रहेका अध्यक्ष केपी ओली, अर्का अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड) र वरिष्ठ नेता माधव नेपालका तीनथरी समूह सक्रिय छन्।

पछिल्लो सचिवालयका तीनओटा बैठकको समीकरण हेर्दा ओली–प्रचण्ड एकातिर र माधव नेपाल अर्कोतिर देखिएका छन्। यो खबर आजको अन्नपूर्ण पोष्ट दैनिकमा रामकृष्ण अधिकारीले लखेका छन्।

सचिवालय बैठकमा झण्डै अल्पमतमा पर्दै जान थालेका ओलीले अर्का अध्यक्ष प्रचण्डदेखि वामदेव गौतम र झलनाथ खनालसम्मलाई साथ लिएर नयाँ ‘गेम’ खेलेका छन्।

जसले गर्दा ओली ‘पावर’ मा देखिएका छन् भने नेपाललाई ‘झट्का’ लागेको छ। सचिवालयमा नेपाल अहिले ‘एक्लै’ देखिएका छन्।

पार्टी समीकरण नै हल्लिने गरी चलेको पछिल्लो ‘मुभ’ ले नेकपामा नयाँ तरंग नै ल्याइदिएको छ। त्यसको ‘रियाक्सन’ पार्टी बैठकमा चर्काचर्की पर्नेदेखि नेपालले स्वास्थ्यलाभका लागि दिएको सन्देशसमेत ओलीले अस्वीकार गर्ने अवस्थामा दुई नेतालाई पुर्‍याएको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad