ad ad

समाज


शुक्रबार र शनिबार भारी वर्षाको सम्भावना, कस्तो छ देशको मौसमी अवस्था?

शुक्रबार र शनिबार भारी वर्षाको सम्भावना, कस्तो छ देशको मौसमी अवस्था?

नेपालखबर
भदौ ५, २०७६ बिहिबार २:२२,

आज (बिहीबार) देशका धेरैजसो भू -भागमा आंशिक देखि सामान्य बदली हुने र कतिपय ठाउँमा मेघ गर्जनसहित भारी वर्षा हुने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

महाशाखाका मौसमविद् बरुण पौडेलका अनुसार अहिले मध्य तथा पूर्वी भू -भागमा आंसिक बदली छ। देशको पश्चिमी भू -भागका थोरै स्थानमा हल्का वर्षा भईरहेको छ।

बिहीबार भन्दा शुक्रबार र शनिबार पानी पर्ने क्रम वढ्ने अनुमान मौसमविद्ले गरेका छन्।

‘शुक्रबार र शनिबार हिजो-आजको भन्दा बढी वर्षा हुनेगरी मनसुनी प्रणालीको विकास हुँदैछ,’ मौसमविद् पौडेलले नेपालखबरसँग भने, ‘कतिपय ठाउँमा भारी वर्षा र चट्याङसमेत पर्न सक्छ।’

अहिले काठमाडौँमा आंशिक बदली छ। काठमाडौँमा तत्कालै पानी पर्ने सम्भावना भने नरहेको मौसमविद् पौडेलले बताए।

गएराति गोरखा, पोखरासहितका पश्चिमी क्षेत्रमा राम्रै पानी परेको छ।

महाशाखाले जारी गरेको २४ घण्टे सूचनामा भनिएको छ, ‘देशका केही स्थानमा मेघगर्जन र चट्याङ्गसहितको वर्षा हुने सम्भावना छ। चट्याङ्गबाट बच्न आवश्यक सतर्कता अपनाउन अनुरोध छ। देशको मध्य तथा पश्चिमी पहाडी भू-भागका एक दुइ स्थानमा भारी वर्षाको सम्भावना रहेको छ।

जसले गर्दा चुरे वाट बहने खोलाको बहावमा आकस्मिक बृद्दि हुन सक्ने साथै सडक यातायातमा पहिरो र भू-क्षयका कारण अवरोध आउन सक्ने भएकोले ती भू-भागमा यात्रा गर्दा सामान्य सतर्कता अपनाउन अनुरोध गरिन्छ।’

महाशाखाले जारी गरेको आगामी तीन दिनको मौसम पूर्वानुमान यस्तो छ
भाद्र ५ गते (बिहीबार)

दिउँसोः देशभरी आंसिक देखि सामान्य बदली रहि केहि स्थानमा हल्का देखि मध्यम वर्षा हुनेछ। देशको मध्य तथा पश्चिमी पहाडी भू–भागका एक दुइ स्थानमा भारी वर्षाको सम्भावना रहेको छ।

रातिः देशका धेरैजसो स्थानमा सामान्यतया बदली रही मध्य तथा पूर्वका केहि स्थानका साथै पश्चिमका थोरै स्थानमा मेघ गर्जन र चट्यांङसहित हल्का देखि मध्यम वर्षा हुनेछ।

भाद्र ६ गते (शुक्रबार)
दिउँसोः देशको परुर्वी भू भागमा सामान्य बदली साथै मध्य तथा पश्चिमी भू-भागमा आंसिक देखि सामान्य बदली रही केहि स्थानमा हल्का देखि मध्यम वर्षा हुनेछ । मध्य तथा पुर्वी पहाडी भुभागका एक दुइ स्थानमा भारी वर्षाको सम्भावना रहेको छ ।

रातिः देशका धेरैजसो स्थानमा सामान्य देखि पूर्ण बदली रही मध्य तथा पूर्वका धेरै स्थानका साथै पश्चिमका केहि स्थानमा मेघ गर्जन र चट्याङ सहित हल्का देखि मध्यम वर्षा हुनेछ। देशको मध्य तथा पूर्वी भू -भागका थोरै स्थानमा भारी वर्षाको सम्भावना रहेको छ।

भाद्र ७ गते (शनिबार)
दिउँसोः देशभरी सामान्य देखि पूर्ण बदली रही केहि स्थानमा मेघ गर्जन र चट्याङ सहित हल्का देखि मध्यम वर्षा हुनेछ। देशको मध्य तथा पश्चिमी भू- भागका थोरै स्थानमा भारी वर्षाको सम्भावना रहेको छ।

रातिः देशको पश्चिमी तथा मध्य भू भागमा सामान्य देखि पूर्ण बदली साथै पूर्वी भुभागमा आंसिक देखि सामान्य बदली रही देशका केहि स्थानमा हल्का देखि मध्यम वर्षा हुनेछ। मध्य तथा पश्चिमी भू भागका थोरै स्थानमा भारी वर्षाको सम्भावना रहेको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .