छापा खबर


गोदामचौर बलात्कारः जिल्लाकै फैसला सदर, दोषीलाई १०-१० वर्ष कैद

गोदामचौर बलात्कारः जिल्लाकै फैसला सदर, दोषीलाई १०-१० वर्ष कैद

नेपालखबर
भदौ २, २०७६ सोमबार २३:५४,

उच्च अदालत पाटनले गोदामचौरमा भएको सामूहिक बलात्कारका तीन जना आरोपितलाई दोषी ठहर गर्दै १०–१० वर्ष कैद सजाय हुने जिल्ला अदालतको फैसलालाई सदर गरेको छ।

न्यायाधीशद्वय रमेशबहादुर थापा र यज्ञराज भट्टको इजलासले ०७५ फागुन १७ गते जिल्ला अदालतले गरेको फैसला सदर गरेको हो।

जिल्ला अदालत ललितपुरका न्यायाधीश धनसिंह महराको इजलासले ‘गोदामचौर क’ माथि सामूहिक बलात्कार गरी काल्नामुनि फालेको घटनामा उनीहरूलाई दोषी ठहर गरेको थियो।

आरोपितहरू रघु सिलवाल, विशालध्वज कार्की र पवन कुँवरलाई बलात्कारका साथै ज्यान मार्ने उद्योग र चोरी घटनामा पनि दोषी ठहर गर्दै बलात्कारमा ५ वर्ष र सामूहिक बलात्कारमा थप ५ वर्ष गरी १०–१० वर्ष कैद किटान भएको हो।

उनीहरूबाट एक–एक लाख रुपैयाँका दरले क्षतिपूर्ति भराउने फैसला पनि सदर भएको खबर आजको कान्तिपुर दैनिकले छापेको छ।

ज्यान मार्ने उद्योगमा पनि १० वर्षका दरले कैद सजाय फैसला भएको छ भने चोरीको आरोपमा ६० दिन कैद तोकिएको छ । पीडितले हराएको ३ हजार तीन जनाबाट दामासाहीबाट भराउने फैसला भएको छ।

‘सबै आरोप ठहर भई अधिकतम सजाय तोकिएको हो,’ उच्च अदालत पाटनका रजिस्ट्रार बाबुराम दाहालले कान्तिपुरसँग भने, ‘एउटै घटनाको फरक अभियोगमा कैद सजाय हुँदा बढी सजायमा साना सजाय खापिने भएकाले हरेकलाई एकमुस्ट १० वर्षका दरले कैद ठहर हुने जिल्लाकै फैसला सदर भएको हो।’

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad