छापा खबर


पत्रकार पुडासैनी आत्महत्या प्रकरणः भिडियोमा रहेको आबाज पुडासैनीकै भएको पुष्टी, रविसँग बयान जारी

पत्रकार पुडासैनी आत्महत्या प्रकरणः भिडियोमा रहेको आबाज पुडासैनीकै भएको पुष्टी, रविसँग बयान जारी

नेपालखबर
भदौ ३, २०७६ मंगलबार ०:१३,

न्युज २४ का पत्रकार शालिकराम पुडासैनीको झुण्डिएकै कारण मृत्यु भएको पोष्टमार्टम रिपोर्टले देखाएको छ।

जिल्ला प्रहरी कार्यालय चितवनले दिएको जानकारी अनुसार पुडासैनीको गर्धनको हड्डी छुट्टिएको र घाँटीसमेत डोरीले कस्सिएको पोष्टमार्टम रिपोर्टमा उल्लेख छ।

यो खबर आजको नयाँ पत्रिका दैनिकमा चितवनबाट दीपेन्द्र अधिकारीले लेखेका छन्।

पुडासैनीले मृत्युअघि रेकर्ड गरेको भिडियोमा भएको आबाज उनकै भएको फरेन्सीक ल्याब परीक्षणबाट पुष्टी भएको छ।

पुडासैनी आत्महत्या घटनामा आरोपीसँग बयान लिने क्रम जारी छ।

आइतबार अस्मिता कार्कीसँग र सोमबार सञ्चारकर्मी रवि लामिछाने तथा युवराज कँडेलसँग बयान लिएको छ।

तर, लामिछानेसँगको बयान भने अझै नसकिएको सरकारी वकिलको कार्यालयले जनाएको छ।

कार्की र कँडेलले भने इन्कारी बयान दिएका प्रहरी श्रोतले जनाएको छ।

रविसँगको बयान नसकिएका कारण मंगलबार पुनः अनुसन्धानका लागि अदालतबाट म्याद थपिने सम्भावना छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad