देशभरका कारागारमा रहेका आधाभन्दा धेरै कैदी जबर्जस्ती करणी (बलात्कार) र लागुऔषध मुद्दाका छन्।
कारागार व्यवस्थापन विभागको तथ्यांकअनुसार बलात्कार र लागुऔषध मुद्दाका मात्रै ९ हजार २ सय ८९ कैदीबन्दी जेलमा छन्। यो संख्या कुल कैदीबैन्दीको ५३.०५ प्रतिशत हो।
विभागका अनुसार मुलुकभर अहिले ७४ कारागारमा २१ हजार ५ सय ७७ कैदीबन्दी छन्। यो खबर आजको नयाँ पत्रिका दैनिकमा टेकराज थामीले लेखेका छन्।
बलात्कार र लागुऔषधबाहेक विभिन मुद्दाका १२ हजार २ सय ८८ कैदीबन्दी छन्।
कुन मुद्दाका कैदीबन्दी कति?
जबर्जस्ती करणी– ४,६५०
लागुऔषध– ४,६३९
कर्तव्य ज्यान– ३,६४२
डाँका–चोरी– ९२५
चोरी– ८६६
मानव बेचबिखन– ५६०
अपहरण– ४१०
अपहरण तथा शरीर बन्धक– १९९
अन्य– ५९८६

प्रतिक्रिया