२८ वाणिज्य बैँकले आव ०७५/ ०७६ मा ६५ अर्ब ३९ करोड रुपैयाँ खुद नाफा आर्जन गरेका छन्।
०७४ /०७५ को तुलनामा बैँकहरुले खुद नाफा २४.५८ प्रतिशत वढेको हो। यो खबर आजको अन्नपूर्ण पोष्ट दैनिकमा पुष्पराज आचार्यले लेखेका छन्।
०७४ /०७५ मा बैँकहरुले साढे ५२ अर्ब रुपैयाँ नाफा कमाएका थिए।०७४/ ०७५ को तुनालमा तीन बैँकको नाफा घटेको छ भने २५ बैँकले नाफा बढाएका छन्।
कर्जा लगानी गर्न रकम अभाव हुँदाहुँदै पनि नाफामा उल्लेख्य वृद्धि भएको छ। आव ०७५/७६ मा वाणिज्य बैंकको औसत निक्षेप दर ६.५८ प्रतिशत र कर्जामा ब्याजदर १२.३१ प्रतिशत रहेको नेपाल राष्ट्र बैंकले जनाएको छ।
गत वर्ष राष्ट्र बैंकले निक्षेप र कर्जामा औसत भारित ब्याजदर अन्तर (स्प्रेड दर) ४.५ प्रतिशत कायम गर्नुपर्ने व्यवस्था गरेको भए पनि वाणिज्य बैंकले गत आवमा उच्च स्प्रेडदर (५.७ प्रतिशत) राखेर नाफा बढाएको देखिन्छ। वाणिज्य बैंकहरू र राष्ट्र बैंकबीच स्प्रेडदर गणना विधिमा मतभिन्नताका कारण राष्ट्र बैंकले गत आवमा मौद्रिक नीतिको अर्धवार्षिक समीक्षामा ल्याएको स्प्रेड दर गणनाको व्यवस्था कार्यान्वयन गर्न सकेन।
बैंकहरूले स्प्रेडदर गणनामा निक्षेपको कुल लागतलाई ऋण र लगानी (सरकारी ऋणपत्रमा गरिने लगानी) को प्रतिफलबाट घटाएर स्प्रेड गणना गर्दै आएका छन्। बैंकहरूले सरकारी ऋणपत्रमा पाउने ब्याजदर न्यून हुने हुँदा कर्जा र लगानीतर्फको भारित औसत कम हुन जान्छ। भारित औसत भन्नाले निश्चित अवधिभित्रको सबै कर्जा र लगानीको ‘प्रडक्ट’ मा कायम ब्याजको औसतमा निक्षेपका सबैखाले स्किममा दिइएको ब्याजको औसत गणना गर्ने विधि हो।
राष्ट्रिय बाणिज्य बैँकले सबैभन्दा बढी पाँच अर्ब ३३ करोड रुपैयाँ नाफा कमाएको छ।
त्यसैगरी कृषि विकास बैँकले ४ अर्ब ३५ करोड, नबिल बैँक ४ अर्ब २९ करोड, इन्भेस्टमेन्ट बैँक ३ अर्ब ४२ करोड, एनआइसी एसिया बैँक ३ अर्ब ५ करोड, भएरेष्ट बैँक ३ अर्ब पाँच करोड, हिमालय बैँक २ अर्ब ८५ करोड, ग्लोबल आइएमई बैँक २ अर्ब ७९ करोड, नेपाल बैँक २ अर्ब ६१ करोड रुपैयाँ नाफा कमाएका छन्।
Shares

प्रतिक्रिया