छापा खबर


आइएनजिओले तीन वर्षमा भित्र्याए एक खर्ब

आइएनजिओले तीन वर्षमा भित्र्याए एक खर्ब

नेपालखबर
साउन ३२, २०७६ शनिबार ०:९,

आइएनजिओहरुले समाजकल्याण परिषद्लाई छलेर तीन वर्षमै करिब एक खर्ब भित्र्याएका छन्।

तर, परिषद्ले तिनै आइएनजिओहरुले चलाएका कार्यक्रमको अनुगमन भने उनीहरुकै पैसामा गर्ने गर्छ।

यसरी गरिने अनुगमनको निष्पक्षतामा महालेखापरीक्षकको आर्यालयले प्रश्न उठाएको छ। यो खबर आजको नयाँ पत्रिका दैनिकमा सुवास भट्टले लेखेका छन्।

आर्थिक वर्ष ०७४ /०७५ मा परिषद्ले आइएनजिओहरुका तीन सय ७४ परियोजनाको अनुगमन गरेको थियो।

अनुगमनमा खटिएका परिषद्का ४५ कर्मचारीले सम्बन्धित आइएनजिओहरुबाटै तीन करोड ६१ लाख ८८ हजार पारिश्रमिक र भत्ता बुझेका छन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad