नेपाली बजारमा सुनको मूल्यले दैनिक नयाँ रेकर्ड बनाएको छ।
सुनचाँदी व्यवसायी महासंघका अनुसार मंगलबार प्रतितोला ७१ हजार रुपैयाँमा कारोबार भएको छ।
यो मूल्य हालसम्मकै उच्च हो। यो खबर आजको कान्तिपुर दैनिकमा राजु चौधरीले लेखेका छन्।
जानकारहरुका अनुसार सुनलाई सुरक्षित लगानीको रुपमा हेरिन्छ।
व्यापार युद्ध, आर्थिक संकट र राजनीतिक आन्दोलनसमेतले सुनको मूल्य बृद्धि गरिरहेको छ।
यी हुन् मूल्य बढ्नुको ६ कारण
चीन -अमेरिका व्यापार युद्ध
अमेरिकी केन्द्रीय बैँकले घटाएको व्याज
कमजोर शेयर बजार
सुस्त जर्मन अर्थतन्त्र
अमेरिकाको इरान र उत्तर कोरियासँग कटु सम्बन्ध
जम्मु कश्मीर विवाद

प्रतिक्रिया