छापा खबर


छोरी जन्मेको थाहा पाएपछि पतिले अस्पतालमै छाडे पत्नी

छोरी जन्मेको थाहा पाएपछि पतिले अस्पतालमै छाडे पत्नी

नेपालखबर
साउन २९, २०७६ बुधबार १:४,

जुम्ला पातारासी गाँउपालिका तल्फी गाउँकी ३५ वर्षीया पुतली महताराले गत बुधबार कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पताल जुम्लामा सुरक्षित सुत्केरी भइन्।

जब पुतली सुत्केरी भएर छोरी जन्मेको थाहा भयो, पति बीरबहादुर महतारा अस्पतालमै सुत्केरी पत्नी छाडेर हिँडे।

सुत्केरी नहुँदासम्म छोरा जन्मिने आश बोकेका वीरबहादुरले छोरी जन्मेपछि निरास भएर सुत्ेकरी पत्नीलाई बेवारिसे अबस्थामा छाडेका खबर आजको नागरिक दैनिकमा जुम्लाबाट डिबी बुढाले लेखेका छन्।

छोरा जन्मिने आशामा कुरेर बसेका श्रीमान बीरबहादुर छोरी जन्मेको तीन दिनमै श्रीमतीलाई अस्पतालमै अलपत्र छोडेर भागेका हुन्।

केही दिन त अस्पतालको बेडमै रहिन्। तर अस्पतालबाट डिस्चार्ज भएपछि भने उनी अलपत्र परिन्। नवजात शिशू बोकेर घर जान पनि समस्या। बस्ने ठाउँ पनि छैन।

काखमा जनजात बच्चा बोकेर घर जान पनि खोजिन् तर केही दिनदेखि खान समेत नपाएकी सुन्तलीका हातखुट्टा कापे र हिँड्नै सकिनन्।

घर जान नसकेपछि जुम्ला सदरमुकामका धेरै घरमा बास मागिन्। कसैले घरमा बस्न दिएनन्। कसैले भर्खरको सुत्केरीलाई घर बस्न नदिने बताएको त कतिपयले बस्ने ठाउँ नभएको प्रतिक्रिया दिएको उनले सुनाइन्।

 केही नलागेपछि उनी कर्णाली पुस्तकालयको तल्लो तलामा बसिन्। पुस्तकालयको माथिल्लो तलामा सामुदायिक रेडियो नारी आह्वानको कार्यालय छ।

तल्लो तलाको गल्लीमा गनगन आवाज सुनिएपछि रेडियोका कर्मचारीले सोधीखोजी गरे। दयनिय अवस्थामा १० दिनकी सुत्केरी फेला परिन्। उनले रुदै भनिन्, छोरी जन्मदा पति भागेकोले म अलपत्र छु। यो गल्लीमै सुत्ने तयारी थालेको छु।’

उनको पीडा सुनेपछि रेडियाकर्मी गीता शाही, प्रबन्धक दिलमाया शाहीले पुतलीलाई रेडियोको प्राविधिक कोठामा लिएर राखे।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad