ad ad

छापा खबर


बिएलाई चारवर्षे बनाउने त्रिविको निर्णय

बिएलाई चारवर्षे बनाउने त्रिविको निर्णय

नेपालखबर
साउन २८, २०७६ मंगलबार ०:५५,

त्रिभुवन विश्वविद्यालयले मानविकी तथा सामाजिक शास्त्र संकायको सबै विषयको पाठ्यक्रम यसै वर्षदेखि चारवर्षे बनाउने निर्णय गरेको छ।

मानविकी तथा सामाजिक शास्त्र संकायका डिन प्रा‍डा‍ शिवलाल भुसालले आइतबार बसेको फ्याकल्टी बोर्ड बैठकले बिए चारवर्षे बनाउने निर्णय गरेको बताए ।

कार्यक्रम कार्यान्वयनका लागि बाटो खुले पनि बोर्डको निर्णयलाई प्राज्ञिक परिषद्ले अनुमोदन गर्नुपर्नेछ । स्नातक तहमा मानविकी संकायमा ३६ वटा कार्यक्रम लागू भएको छ ।

यस वर्षदेखि कार्यान्वयन हुने अधिकांश विषय समितिले पहिलो वर्षको पाठ्यक्रम डिन कार्यालयमा पठाइसकेका छन् । विद्यार्थी संख्या अत्यन्तै न्यून भएका केही विषयको पाठ्यक्रम आउन बाँकी रहेको डिन भुसालले बताए ।

ती विषयको समेत फ्रेमवर्क आइसकेको र विस्तृत छिटै उपलब्ध गराउने प्रतिबद्धता व्यक्त गरेको बताए । यो खबर आजको नयाँ पत्रिका दैनिकले छापेको छ।

राष्ट्रिय परीक्षा बोर्डले केही दिनअघि कक्षा १२ को सबै विषयको नतिजा सार्वजनिक गरिसकेको छ । अहिलेसम्म चारवर्षे बिएको कोर्स तयार गरी आधिकारिक निर्णय नहुँदा र विद्यार्थी भर्नाका लागि परामर्श लिन आउन थालेपछि कलेजका पदाधिकारी अन्योलमा थिए ।

भुसालले मानविकीको स्नातक तहको कोर्सलाई समयसापेक्ष र व्यावहारिक बनाउने प्रयास भएको बताए । मानविकीका विषयमा समानतासमेत ल्याउने प्रयास भएको बताए ।

अहिले प्रयोगात्मक हुने सबै विषयमा ३० नम्बरको प्रयोगात्मक र ७० नम्बरको सैद्धान्तिकको भार राखेको उनले बताए ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .