ad ad

छापा खबर


कश्मीर घटनालाई लिएर पाकिस्तानी प्रधानमन्त्री इमरानले दिए यस्तो प्रतिक्रिया

कश्मीर घटनालाई लिएर पाकिस्तानी प्रधानमन्त्री इमरानले दिए यस्तो प्रतिक्रिया

नेपालखबर
साउन २७, २०७६ सोमबार ०:३२,

पाकिस्तानी प्रधानमन्त्री इमरान खानले कश्मीरप्रति भारतको नीतिलाई नाजी शासक एडोल्फ हिटलरको विचारसँग तुलना गरेका छन्।

भारतले जम्मु कश्मीरको विशेषाधिकार खोसेकामा रुष्ट इमरानले आइतबार ट्वीट गर्दै भनेका छन्, ‘भारत प्रशासित कश्मीरमा भइरहेको कफ्र्यु, कारबाही र नरसंहार हुने स्थिति नाजीबाट प्रभावित आरएसएसको श्रेष्ठता कायम गर्ने विचारधारामा आधारित छ।’

इमरानले भनेका छन्, ‘यो जातीय संहार गरेर कश्मीरको जनसंख्या बल्ने प्रयास हो। के विश्वले यसलाई हिटलरले म्युनिखमा गरेको कार्यलाई जस्तै हेरेर प्रशंसा गरिरहन्छ?’ यो खबर आजको कान्तिपुर दैनिकले छापेको छ।

आरएसएस भारतको सत्तारुढ दल भाजपानिकट दक्षिणपन्थी, हिन्दु राष्ट्रयतावादी स्वयंसेवक संगठन हो।

खानले हिन्दु सर्वोच्चता कायम गर्ने आरएसएसको विचारधारासँग आफूलाई डर लागेको बताएका छन्।

खानले आरएसएसको विचारधाराले भारतमा मुसलमानहरुमाथि दमन हुने र त्यसले विस्तारै पाकिस्तान निसानामा पर्ने दाबी गरेका छन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .