अभिनेत्री एमी ज्याक्सन प्रेग्नेन्ट छिन्।
यसको जानकारी उनले सोसल मिडियामार्फत आफ्ना फ्यानसम्म पुर्याएकी छन्।
अहिले उनी प्रेग्नेन्सी पिरियडको मज्जा लिइरहेकी छन्।
आफूलाई फिट राख्दै उनले फोटो सुट पनि गरेकी छिन्। यो खबर आजको अन्नपूर्ण पोष्ट दैनिकले छापेको छ।
सात महिनाकी प्रेग्नेन्ट एमीले सोसल मिडियामा फेरि आफ्नो टपलेस तस्बिर सेयर गरेकी छन्।
तस्बिरको क्याप्सनमा एमीले लेखेकी छन्, ‘ग्रिस ? होइन, मेरो बच्चा र म बेक गार्डेनमा रमाइलो गरिरहेका छौँ, म ऊ आउने प्रतीक्षामा छु। प्रेगनेन्सीको ३३ हप्तामा छु।’
एमीले यही बर्ष जनवरीमा ब्वाइफ्रेन्ड जर्ज पानायियोसँग इन्गेजमेन्ट गरेकी थिइन्। तर, उनीहरुले विवाह भने गरेका छैनन्।
3
Shares

प्रतिक्रिया