छापा खबर


मोहनविक्रम सिंह भन्छन् : यसकारण यो सरकार कम्युनिस्ट हुँदै होइन

मोहनविक्रम सिंह भन्छन् : यसकारण यो सरकार कम्युनिस्ट हुँदै होइन

नेपालखबर
साउन २५, २०७६ शनिबार १:१९,

मोहनविक्रम सिंह नेकपा मसालका महामन्त्री हुन्। अहिले उनी ८४ वर्षका छन्।

उनीसँग खगेन्द्र पन्तले लिएको अन्तर्वार्ता आजको नयाँ पत्रिकामा छापिएको छ।

प्रस्तुत छ, त्यसको थोरै अंश :
तपाईंमा कम्युनिस्ट दर्शनसँगै असीमित कुण्ठा पनि छन्। स्वच्छ प्रतिस्पर्धामा कमजोर देखिएपछि सहकर्मी र सहयात्री कम्युनिस्ट दलहरूमाथि आक्षेप थोपर्नुहुन्छ। पुष्पलाललाई गद्दार भन्नुभयो। तत्कालीन माले र माओवादीमा उग्रवामपन्थ देख्नुभयो। अहिलेको नेकपालाई त कम्युनिस्ट नै मान्नुहुन्न !

त्यसरी भन्ने हो भने त केशरजंग रायमाझीलाई हामीले विराधे गरेको पनि कुण्ठा हो भन्न सकिन्छ।

हामीले तत्कालीन मालेलाई उग्रवामपन्थी भड्काव भयो भनेर विरोध ग¥यौं। पछि स्वयं उसले ‘गल्ती ग¥यौं’ भनेर भन्यो। माओवादीहरूले जब सशस्त्र संघर्ष सुरु गरे, हामीले त्यसको पनि विरोध ग¥यौं। उनीहरूले पनि हामीलाई गद्दार भने, तर पछि आएर उनीहरूको त्यो नीति गलत साबित भयो। उनीहरू शान्ति प्रक्रियामा आए। अहिले नेकपाले जुन प्रकारको नीति अपनाइरहेको छ, त्यसलाई हेरेर हामीले त्यो कम्युनिस्ट होइन भनेका छौं।

ऊ नेतृत्वको सरकारबारे हाम्रो धारणा स्पष्ट छ। नेकपा कम्युनिस्ट पार्टी होइन, उसको चरित्र ढुलमुले अवसरवादी छ। यसले अपनाएको नीतिको हामी विरोध गर्छाैं। को कम्युनिस्ट हो र को होइन भन्ने कुरा सिद्धान्तलाई कसले कति अनुसरण गरेको छ, ग्रहण गरेको छ भन्नेमा निर्भर हुन्छ। नेकपाले सिद्धान्त छाड्दै गइरहेको छ, त्यसैले उसलाई कम्युनिस्ट भन्न मिल्दैन। यो हाम्रो कुण्ठा होइन, सिद्धान्त र प्रस्तुतिको ठोस विषयमा आधारित निष्कर्ष हो।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad