ad ad

छापा खबर


ओलीको असंवैधानिक कदममा ब्रेक लगाउने पाँचैजना न्यायाधीश बिदामा

ओलीको असंवैधानिक कदममा ब्रेक लगाउने पाँचैजना न्यायाधीश बिदामा

नेपालखबर
फागुन १३, २०७७ बिहिबार १:३४,

संवैधानिक इजलासमा रही प्रतिनिधिसभा पुनःस्थापना गर्न आदेश दिएका प्रधानन्यायाधीशसहित सर्वोच्चका अन्य चार जना न्यायाधीशहरूले बुधबार कुनै पनि मुद्दाको सुनुवाइ गरेनन्।

सर्वोच्च अदालत स्रोतले दिएको जानकारीअनुसार प्रधानन्यायाधीशसहित पाँचै जना बिदामा बसेका थिए। सर्वोच्चमा बुधबार १२ जना न्यायाधीशको मात्र इजलास रहेको थियो । संवैधानिक इजलासमा रहेका पाँचै जना न्यायाधीशमध्ये केही अझै दुई तीन दिन बिदामा रहने खबर आजको समाचारपत्र दैनिकले छापेको छ।

संवैधानिक इजलासमा रहेकामा प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरा र न्यायाधीशहरु विश्वम्भरप्रसाद श्रेष्ठ, अनिलकुमार सिन्हा, सपना प्रधान मल्ल र तेजबहादुर केसी छन्।

उनीहरुले एक महिनाभन्दा बढी लगातार इजलासमा बसी गैरकानुनीरुपमा प्रतिनिधिसभा विघटन गरिएको दाबी गरी दायर गरिएको रिट निवेदनको सुनुवाइ गरेका थिए । उनीहरु आराम गर्नका लागि पनि केही समय बिदामा रहेको बताइएको छ।

प्रधानन्यायाधीश राणासहित अन्य चार न्यायाधीशहरूले गत माघ ४ गतेदेखि लगातार ती रिट निवेदनको पक्ष विपक्ष र एमिकस क्युरीका तर्फबाट भएको बहस सुनेका थिए । उनीहरुले मंगलबार साँझ प्रतिनिधिसभा पुनःस्थापना हुने आदेश दिएका थिए।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .