ad ad

छापा खबर


साढे २ करोड नेपालीको हातमा पुग्यो इन्टरनेट

साढे २ करोड नेपालीको हातमा पुग्यो इन्टरनेट

नेपालखबर
माघ २४, २०७७ शनिबार २:३८,

कोभिड-१९ महामारीसँगै सुरु गरिएको लकडाउन र भर्चुअल अनलाइन कक्षाका कारण नेपालमा इन्टरनेट प्र्रयोगकर्ताको संख्या अत्यधिक बढेको छ।

नेपाल दूरसञ्चार प्राधिकरणको तथ्यांकलाई आधार मानेर बिदेसिएका नेपालीलाई कटाएर विश्लेषण गर्दा नेपालमा इन्टरनेट प्रयोगकर्ताको संख्या कुल जनसंख्याको हाराहारीमै पुुगेको खबर आजको राजधानी दैनिकमा पूर्णभक्त दुवालले लेखेका छन्।

नेपाल दूरसञ्चार प्राधिकरणका अनुसार हालसम्ममा साढे २ करोडको हातमा इन्टरनेट पुुगेको छ । एक व्यक्तिसँग २ देखि ३ वटा सिम हुने भएकाले सबै नेपालीको पहुँचमा इन्टरनेट पहुँच पुगेको छैन।

प्राधिकरणको गत कात्तिकसम्मको तथ्यांकलाई मात्र केलाउने हो भने पनि २ करोड २९ लाख २१ हजार १ सय ८० जनाको पहुँचमा उच्च गतिको ब्रोडब्यान्ड इन्टरनेट पुुगेको छ । जसमा इन्टरनेट सर्भिस प्रोभाइडर (आईएसपी)हरूको मात्र ५० लाख ३० हजार ९ सय ४९ वटा लाइन वितरण गरिएको छ।

यसबाट वाईफाई जेनेरेट गरी धेरैजनालाई बाँडफाँट गरिने हुँदा पहुँचको संख्या अझ बढी हुने बताइएको छ । व्यक्तिगत रूपमा नेपाल टेलिकमको मोबाइलबाट फोरजी लिनेकै संख्या २० लाख ४९ हजार ९ सय १६ छ।

नेपाल टेलिकमको डाटा (इमेल, इन्टरनेट आदि) सेवाका प्रयोगकर्ता २०७७ मंसिरको अन्त्यसम्ममा कुल १ करोड ६४ लाख ९ हजार ५ सयभन्दा बढी पुगेको छ । सोमध्ये जीएसएम मोबाइलको डाटा सेवाका प्रयोगकर्ता १ करोड ५९ लाख ९९ हजार, एडीएसएल सेवाका प्रयोगकर्ता १ लाख ८१ हजार ५ सय, एफटीटीएच डाटा सेवाका प्रयोगकर्ता ६८ हजार र वाईम्याक्स सेवाका प्रयोगकर्ता १८ हजार ५ सय रहेको टेलिकमका प्रबन्ध निर्देशक डिल्लीराम अधिकारीले बताए।

जीएसएम फोरजीतर्फ हालसम्म करिब २५ लाख ग्राहक पुगिसकेका छन् । एलटीई एडभान्स्ड फोरजी मोबाइल सेवा ७७ वटै जिल्लाका ६२० स्थानीय तहसम्म पुगिसकेको पनि अधिकारीले जानकारी दिए।

टेलिकमले फाइबर टु द होम एफटीटीएच सेवा ४२ जिल्लामा पुगेको छ । एउटै फाइबरबाट भ्वाइस, इन्टरनेट तथा टिभी उपलब्ध हुने भएकाले हालसम्म १ लाख १५ हजार ग्राहक पुगिसकेको बताइएको छ । कोभिड–१९ पछि मात्र मोबाइल इन्टरनेट, ब्रोडब्यान्डलगायतका ग्राहक २५ लाखले बढेको नेपाल दूरसञ्चार प्राधिकरणले जनाएको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .