ad ad

छापा खबर


बेलायतमा देखिएको कोरोनाको परिवर्तित भाइरस नेपाल प्रवेश गरिसकेको हो?

बेलायतमा देखिएको कोरोनाको परिवर्तित भाइरस नेपाल प्रवेश गरिसकेको हो?

नेपालखबर
पुस ९, २०७७ बिहिबार १:३७,

सरकारले बेलायतमा देखिएको कोरोना भाइरसको परिवर्तित नयाँ रुप नेपाल प्रवेश गरेनगरेको पत्ता लगाउन अध्ययन गर्ने भएको छ।

स्वास्थ्य तथा जनसंख्यामन्त्री भानुभक्त ढकालको उपस्थितिमा बुधबार बसेको इन्सिडेन्ट कमान्ड सिस्टमको बैठकले भाइरसको नयाँ स्वरुप नेपालमा भए नभएको अध्ययन गर्ने निर्णय गरेको खबर आजको नागरिक दैनिकमा श्रीराम सुवेदीले लेखेका छन्।

नेपाल स्वास्थ्य अनुसन्धान परिषद्का सदस्यसचिव डा.प्रदीप ज्ञवालीले केही सातायता बेलायतबाट अथवा बेलायत ट्रान्जिट हुँदै आएका यात्रुको खोजी गरी संक्रमित पाइए अनुवांशिक उपक्रम (जेनेटिक सिकेन्स) अध्ययन गरिने जानकारी दिए।

‘हामीले बिहीबारदेखि नै सम्भावित संक्रमितको खोजीलाई अगाडि बढाउनेछौं,’ ज्ञवालीले भने ।

कोरोना भाइरसको दोसो चरणको जेनेटिक सिकेन्सको अध्ययन गर्ने योजना यसअघि नै बनाए पनि परिषद्ले बेलायतमा देखिएको नयाँ स्टे«नको पनि सम्भावना देखिएकाले थप भाइरसका नमुना समेटेर अध्ययन गर्न लागेको हो । ‘यसपटक कम्तीमा पनि ५० भन्दा बढी नमुनाको अध्ययन गर्ने तयारी रहेको र यसबारे थप गृहकार्य बिहीबारबाटै गर्नेछौं,’ ज्ञवालीले भने।

नेपाल नागरिक उड्डयन प्राधिकरणले बुधबार राति १२ बजेदेखि लागु हुनेगरी बेलायतबाट आउने र बेलायत ट्रान्जिट भएर आउने यात्रुलाई नल्याउन विभिन्न हवाईसेवालाई सर्कुलर गरिसकेको छ । कोरोना महामारी सुरु भएपछि नेपालेले गत मार्च अन्तिम सातादेखि सेप्टेम्बर १ सम्म अन्तर्राष्ट्रिय उडान बन्द गरेको थियो ।

प्राधिकरणका उपमहानिर्देशक तथा प्रवक्ता राजकुमार क्षेत्रीले पश्चिम राष्ट्रबाट विशेषगरी एयर अरेबिया, टर्किस एयरलायन्स, कतार एयरलायन्स र फ्लाई दुबई एयरलायन्स हुँदै यात्रु नेपाल आउने भएकाले यी एयरलायन्स हुँदै नेपाल आएका यात्रुको खोजीनीति गर्न आवश्यक रहेको बताए।

पछिल्ला केही सातायता नेपाल आउनेमा अधिकांश नेपाली नै भएको र पर्वतारोहणलगायत अन्य उद्देश्यका लागि विशेष अनुमति लिएर आएका यात्रु पनि रहेका उनले बताए ।

नेपालमा भाइरस संक्रमितको पहिचान र संक्रमितको सम्पर्कमा रहेकाको ट्रेसिङ अत्यन्त कमजोर रहेको बताउँदै त्रिभुवन विश्वविद्यालयमा माइक्रोबायोलोजीका प्राध्यापक डा। प्रकाश घिमिरे भाइरसको यो नयाँ स्ट्रेनको खोजी र पहिचानमा सरकार गम्भीर हिसाबले लाग्नुपर्ने तर्क गर्छन् ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .