ad ad

समाज


कोरोना संक्रमणबाट पछिल्लो २४ घण्टामा १३ हजार भन्दा धेरैको मृत्यु

कोरोना संक्रमणबाट पछिल्लो २४ घण्टामा १३ हजार भन्दा धेरैको मृत्यु

नेपालखबर
पुस ९, २०७७ बिहिबार १:२७,

कोरोना संक्रमणको कारण पछिल्लो २४ घण्टामा विश्वभर १३ हजार भन्दा धेरैको मृत्यु भएको छ।

वल्र्डओमिटरका अनुसार पछिल्लो २४ घण्टामा कोरोना भाइरस संक्रमणका कारण विश्वभर १३ हजार ३३८ जनाको मृत्यु भएको छ।

यस बीचमा विश्वभर ६ लाख ७७ हजार ८८३ जनामा संक्रमण पुष्टि भएको छ।

पछिल्लो २४ घण्टामा संक्रमणबाट सबैभन्दा धेरै मृत्यु अमेरिकामा भएको छ। त्यहाँ एक दिनमै ३ हजार ३५१ जनाले ज्यान गुमाएका छन्। ब्राजिलमा ९ सय ७९ जनाले ज्यान गुमाएका छन्।

अहिलेसम्म विश्वभर कोरोना संक्रमणबाट ज्यान गुमाउनेको संख्या १७ लाख ३६ हजार ५७४ पुगेको छ।

अहिलेसम्म विश्वरभ संक्रमितको संख्या सात करोड ९० लाख ३० हजार ८२६ पुगेको छ। भारतमा मात्रै संक्रमितको संख्या एक करोड नाघेको छ। त्यहाँ मृतकको संख्या एक लाख ४६ हजार नाघेको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .