ad ad

छापा खबर


न्यायाधीश रेग्मी भन्छन् : मैले यसरी लिएँ बालुवाटारको जग्गा

न्यायाधीश रेग्मी भन्छन् : मैले यसरी लिएँ बालुवाटारको जग्गा

नेपालखबर
साउन १७, २०७६ शुक्रबार २:१२,

सर्वोच्च अदालतका वर्तमान न्यायाधीश कुमार रेग्मीले बालुवाटारस्थित ललिता निवासको सरकारी जग्गा प्रकरणमा आफ्नो संलग्नता स्वीकार गरेका छन्।

आजको कान्तिपुर दैनिकमा उनले यसो भनेका छन् :

‘फी बाँकी थियो, जग्गा लिएर बेचेको हुँ’

kumar
-कुमार रेग्मी
न्यायाधीश, सर्वोच्च अदालत
२०६० सालदेखि २०६४६५ सम्म म भाटभटेनी डिपार्टमेन्ट स्टोरमा कानुनी सल्लाहकार थिएँ । त्यस्तो लिखित रुपमा त थिएन तर मीनबहादुर गुरूङ खोटाङकै हुन् ।

मेरो गाउँले पनि भए । म भर्खरै क्यानडाबाट एलएलएम गरेर आएको थिएँ । त्यसबेला मैले केही कानुनी सहयोग गरेको हो । त्योदेखि बाहेक अरु केही होइन । त्यो बेला कानुनी पाटो हेर्दा आफ्नो ‘फी’ को पनि कुरा थियो ।

अलिअलि पैसा लिनु थियो । सँगै भएका बेला उनीसँगै धेरै मान्छेले जग्गा लिएको हुनाले मैले पनि लिएँ । पछि त्यहाँ बाटो छैन, के छैन, त्यो राखेर पो के गर्ने भन्ने भएपछि एक/दुई वर्षमै बिक्री भइहाल्यो ।

जति टुक्रा थियो, त्यति नै बिक्री गरेको हो । पछि उनले नै टुक्रा गरेर बेचेका हुन् । त्यतिबेला जग्गाको पृष्ठभूमि केही थाहा थिएन । मीनबहादुर व्यापारिक पृष्ठभूमिको मान्छे भएकाले नाफा होला भनेर लगानी गरेको हो ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .