ad ad

समाज


‘कफी किङ’ सिद्धार्थ जसले रहस्यमय रूपमा संसार छोडे

‘कफी किङ’ सिद्धार्थ जसले रहस्यमय रूपमा संसार छोडे

नेपालखबर
साउन १७, २०७६ शुक्रबार ३:२३,

क्याफे कफी डे (सीसीडी)का संस्थापक बीजी सिद्धार्थ हेगडेको रहस्यमय मृत्यु भएपछि सीसीडीको साम्राज्य उनकी पत्नी माल्भिका हेगडेले सम्हाल्ने सम्भावना देखिएको छ।

माल्भिका पहिलेदेखि नै कम्पनीको बोर्डमा छिन्। तर उनलाई पति वियोगबाट बाहिर निस्किन समय लाग्ने भएकाले यो कुरा तत्कालै हुने देखिँदैन। ब्यांग्लोर विश्वविद्यालयबाट इन्जिनियरिङ गरेकी माल्भिका कर्नाटकका पूर्वमुख्यमन्त्री एवं भारतका पूर्वविदेशमन्त्री एसएम कृष्णाकी छोरी हुन्।

 108139803 malvika

सिद्धार्थ हेगडे सीसीडीका प्रमुख तथा प्रबन्ध निर्देशक थिए। उनको मृत्युको पुष्टि भएसँगै सीसीडीले बुधबार अन्तरिम रूपमा पूर्व आईएएस अधिकारी एसबी रंगनाथलाई कम्पनी सम्हाल्ने जिम्मेवारी सुम्पिएको छ। सँगसँगै कम्पनी बोर्डले नितिन बागमानेलाई अन्तरिम चिफ अपरेटिङ अफिसरमा नियुक्ति गरेको छ।

सिद्धार्थ हेगडेले सीसीडीलाई आफ्नो संघर्ष र प्रतिभाका रूपमा खडा गरेका थिए। भारतीय उद्यमीबीच उनको पहिचान 'कफी किङ अफ इन्डिया'को रूपमा थियो। सिद्धार्थलाई एक सफल व्यक्तित्व मान्ने गरिन्थ्यो।

उनको मृत्युले सफलता र शान्तिको सम्बन्धलाई नै कठघरामा उभ्याइदिएको छ। सिद्धार्थले तीन वर्षअघि दिएको अन्तर्वार्तामा भनेका थिए– ‘व्यवसायी कहिल्यै रिटायर्ड हुँदैनन्, बरु मर्छन्।’ सायद त्यतिबेला उनलाई आफ्नै मृत्यु निराशाको अन्धकारमा हुन सक्नेछ भन्ने महसुस नै भएन। उनलाई आफैँले आफैँलाई समाप्त पार्छु भन्ने लागेकै थिएन सायद!

 108139807 ccd

सिद्धार्थ दक्षिण भारतीय सहर मंगलोरस्थित सेन्ट एलेयासिसबाट अर्थशास्त्र अध्ययन गरेका थिए। उनी युवा अवस्थामा कम्युनिस्ट विचारधाराबाट प्रभावित थिए। ग्रेजुएसन भइरहँदा उनी कार्ल माक्र्सको किताब ‘दास क्यापिटल’ पढिरहेका हुन्थे। यही स्वध्ययनले हुन सक्छ, उनी माक्र्सबाट निकै प्रभावित भए। तर रुसको कम्युनिस्ट पार्टीहरूप्रति उनले निराशा पनि पोखेका थिए। त्यसपछि उनमा यो विचारधाराबाट मोहभंग भयो। युवा सिद्धार्थमा एक किसिमको बेचैनी थियो। सोही कारण यसबाट निक्लिएर सन् १९९६ मा उनी पुँजीवादी व्यवस्थामा बिलिन हुन पुगे।

खासमा दास क्यापिटल पढ्नेवाला व्यक्ति पुँजीवादी व्यवस्थामा आएर धेरै नै आँधी हुन्डरी ल्याउन चाहन्थे। तर उनको भित्री आँधी अर्थात् मनको वेग यति अस्थिर हुनपुग्यो कि मंगलबार उनी नेत्रावती नदीमा सदाका लागि शान्त हुन पुगे। 

‘म अजरा मिसलाई कहिल्यै भुल्न सक्दिनँ। एक दिन उनी मलाई समाएर बेस्सरी रोइनँ। त्यसपछि के गर्ने भन्ने मैले सोच्नै सकिनँ’, उक्त अन्तर्वार्तामा उनले भनेका थिए, ‘मलाई याद छ– के भएको हो खासमा भनेर सोधेँ पनि। उनी एकदमै दुःखी थिइन्। रघु र अशोक पनि त्यहाँ आए र उनीहरूले पनि सोधे। तर यसले पनि उनी शान्त भइनन्। केही समयपछि उनले हामीतर्फ हेर्दै भनिन्– तिमीहरू किन राम्ररी पढ्न कोसिस गर्दैनौरु हामी सबै अवाक् हुन पुग्यौँ।’

‘हामीलाई यो प्रश्नले रोऊँ कि हाँसू बनायो। तर अबदेखि राम्ररी पढ्ने भनी आश्वस्त बनायौँ’, उनले अन्तर्वार्ताका क्रममा स्कुले दिन सम्झिँदै भनेका थिए, ‘त्यो दिन हामी सबैमा भित्र एक प्रकारको भाव तरंगित भइरहेको थियो। अजरा मिस केही प्रगतिशील थिइन्। यो त्यो बेलाको कुरा हो, जुन बेला मुस्लिम महिलाका लागि पढाइ सहज थिएन। अजरा मिसले पढाइमात्रै गरेकी थिइनन्, चिकमंगलुरमा एउटा स्कुल पनि खोलेकी थिइन्। उनी हामीलाई गाली पनि गर्न सक्थिन्, तर त्यसको असर हामीलाई कति हुन्थ्यो थाहा थिएन। उनी रुँदा त्यसको असर धेरै भयो। यो हाम्रा लागि पाठ पनि थियो कि गाली गर्नुभन्दा दिल छुने गरी रुनु धेरै असरदार हुन्छ!’

सिद्धार्थका बाबु उनले नयाँ व्यवसाय गरेको हेर्न चाहँदैनथे। उनको इच्छा छोराले कुनै सम्मानजनक जागिर गरोस् भन्ने थियो। तर जब सिद्धार्थले व्यवसाय गर्ने भए, उनले नै छोरालाई ७ लाख ५० हजार भारु मद्दत गरेका थिए। सिद्धार्थलाई थाहा थियो– बाबुले धेरै रगत–पसिना चुहाएर उक्त रकम आर्जेका थिए। सोही कारण उक्त रकम कुनै पनि हालतमा नडुबोस् भन्ने उनको इच्छा थियो। यसबाट बच्न उनले ५ लाखको एउटा प्लान्ट खरिद गरे। उनलाई थाहा थियो– प्लान्टको मूल्य कहिल्यै घट्ने छैन र बेच्दा पनि बाबुको ७ लाख ५० हजार आउन सक्थ्यो। पैसा फिर्ता गर्न सकिन्थ्यो।

सिद्धार्थले एक अर्को अन्तर्वार्तामा भनेका थिए, ‘आफ्नो करिअरमा सबैभन्दा बढी आभार महेन्द्रभाइप्रति छ।’ सन् १९८३ को कुरा हो। ‘म बस चढेँ र बम्बईका लागि निस्किएँ। होटलमा एउटा कोठा लिएँ, जहाँ शौचालय सबैले प्रयोग गर्थे’, उनले भनेका थिए, ‘अघिल्लो दिन महेन्द्रभाइसँग कम्पनीको कुरा गर्न निस्किएँ। उनीबारे मैले एक इन्भेस्टमेन्ट म्यागेजिनमा पढेको थिएँ। म उनीबाट तालिम लिन चाहन्थेँ, तर चुनौतीबारे उनीसँग आजसम्म कुराकानी नै भएको थिएन।’

सिद्धार्थले भनेका थिए, ‘नरीमन पोइन्टमा तुलसीआनी चेम्बर उनको नजिक पुग्दा उनीसँग भेटवार्ता गर्न मसँग कुनै अपोइन्टमेन्ट थिएन। जब उनको निवास प्रवेश गरेँ, दुई-दुईवटा एलिभेटर देखेर भित्रैदेखि रोमाञ्चित भएँ। त्यसबेलासम्म मैले एलिभेटर नै प्रयोग गरेको थिइनँ। छैटौँ तलामा महेन्द्रभाइको सचिवसँग भेट भयो। जुन मेरा लागि राम्रो पनि थियो, उनी तामिल थिए। महेन्द्रभाइसँग भेट्ने मौका पाइयो। मैले महेन्द्रभाइसँगै स्टक मार्केट पनि सम्झिएँ। उनले ममाथि धेरै नै भरोसा पनि गरे। मैले उनीबाट धेरै कुरा सिक्न पाएँ।’

सिद्धार्थका अनुसार उनी कर्ममा भरोसा गर्ने व्यक्ति थिए। अन्तर्वार्ताकै क्रममा सिद्धार्थले भनेका थिए, ‘उनले मलाई एक कहानी सुनाए, जुन म कहिल्यै भुल्न सक्दिनँ। त्यो कहानी यस्तो थियो– राजस्थानमा एक जैन गुरु थिए। उनी आफ्ना शिष्यहरूसँग गइरहेका थिए। जैन साधुको नांगै पैताला हजारौँ किमि चल्न सक्छ भन्ने सुनेकै छौँ। उनी कठिन मौसममा पनि आफूलाई उस्तै राख्दथे। जैन साधुको भीडबाट एउटा राजाको दल पनि निस्कियो। राजालाई उनका मानिसले पालकीमा बोकेका थिए।

एक शिष्यले आफ्ना गुरुसँग राजाबारे सोधे– यो मानिस कसरी यस्तो प्रतिष्ठित हुनपुग्यो। शिष्यले तपाईं यति धेरै मिहिनेत गरेर कठिन जिन्दगी जिउँदै हुनुहुन्छ तर ऊ एक राजा, जो आरामको जिन्दगी बिताइरहेको छ। त्यसपछि जैन साधुले भने– राजा आरामको जिन्दगी यसकारण जिइरहेका छन् कि उनले पूर्वजन्ममा सुकर्म गरेका थिए। पूर्वजन्ममा राजा जैन गुरु थिए र उनले पनि यसैगरी मिहिनेत गरेका थिए।’

सिद्धार्थलाई पनि के विश्वास थियो भने मिहिनेतको फल प्राप्त गर्न कहिले कहीँ लामो समय पनि लाग्न सक्छ। त्यसैले कहिल्यै आत्तिनु हुँदैन। सिद्धार्थले उक्त अन्तर्वार्तामा भनेका थिए, ‘व्यवसायमा यो कहानी निकै तथ्यपरक त छ नै, वास्तविक जीवनमा पनि उत्तिकै सान्दर्भिक।’ सिद्धार्थले बचेको बाँकी पैसाले एउटा घर किने, त्यहाँ कम्प्युटर र फोन व्यवस्था गरियो। जसको नाम थियो– सिवन सेक्युरिटिज। यो इन्टरमार्केटिङ ट्रेडिङका लागि थियो।’

सिद्धार्थका अनुसार त्यतिखेर व्यवसाय सजिलो थियो। आफ्नो अन्तर्वार्ताका क्रममा उनले भनेका थिए, ‘इन्टर मार्केटिङबाट पैसा कमाउन सहज थियो। यसका लागि बम्बईका साथीप्रति नतमस्तक छु। १० भारुमा बम्बईबाट खरिद गर, अनि ११ रुपैयाँमा ब्यांगलोरमा बेच, ११ रुपैयाँ ५० पैसामा जयपुरमा बेच। त्यतिखेर नाफा र नोक्सान एकदमै द्रुतगतिमा हुने गथ्र्यो। मैले स्टक मार्केटमा धेरै पैसा कमाएँ। तर म त्यतिबेला कुनै ठूलो काम गरिरहेको थिइनँ, सामान्य व्यापार गर्दै थिएँ।’

सन् १९८५ मा सिद्धार्थले कफी पसल खरिद गर्न सुरु गरेका थिए। सिद्धार्थको यो कारोबार ३ हजार एकड जमिनमा फैलिसकेको थियो।

सीसीडीको साम्राज्य छाडेर सिद्धार्थ २९ जुलाईमा सदाका लागि बिदा भए। यस्तो महसुस हुन्छ कि उनी यो जन्ममा गरेको मिहिनेतको फल सायद अर्काे जुनीमा खान चाहन्थे। (बीबीसी हिन्दीबाट अनुवाद)

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .