ad ad

छापा खबर


एनसेलका ३५ टावरमा विप्लव समूहको आगजनी, यस्तो रै’छ आक्रमणको कारण

एनसेलका ३५ टावरमा विप्लव समूहको आगजनी, यस्तो रै’छ आक्रमणको कारण

नेपालखबर
साउन १७, २०७६ शुक्रबार १:१०,

नेत्रविक्रम चन्द नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी एनसेलविरुद्ध आक्रामक भएको छ।

नेकपाका कार्यकर्ताले देशभरका विभिन्न २१ जिल्लामा एनसेलको टावरमा आक्रमण गरेका छन्। यो खबर आजको अन्नपूर्ण पोष्ट दैनिकले छापेको छ।

आफ्नो दलका गतिविधिमाथि सरकारले प्रतिबन्ध लगाउनुको एउटा कारण एनसेल पनि भएकाले कारबाहीस्वरूप टावरमाथि आक्रमण गरेको विप्वल समूहका नेताले बताएका छन्।

टावरमा बुधबार राति र बिहीबार बिहान भएको आक्रमणपछि कतिपय स्थानमा टेलिफोन सेवा अवरुद्ध भएको छ। नेकपाले भोजपुरको रामप्रसाद राई गाउँपालिका–१ ओख्रेको डाँडाखर्कमा रहेको एनसेलको टावरको सोलार प्यानल तोडफोड गरेको छ।

नेकपा कार्यकर्ताले मोरङको पथरीशनिश्चरे नगरपालिका–६ मंगलबारेस्थित एनसेल टावरमा बुधबार राति आगजनी गरेका छन्। आगजनीबाट टावरमा ब्याट्रीको पावर सप्लाई गर्ने पावर प्वाइन्टमा क्षति पुगेको डीएसपी लक्ष्मीराज अधिकारीले बताए।

यस्तै नेकपा कार्यकर्ताले धादिङका तीन ठाउँका ३ वटा एनसेल टावरमा आगजनी गरेका छन्।

विप्लवका सेती महाकाली ब्युरो सदस्य विपिनले एनसेलले सरकारलाई ७३ अर्ब रुपैयाँ कर नतिरेकाले ध्वस्त बनाउने नीति लिएको बताए।

उनले पार्टीको केन्द्रीय सर्कुर अनुसार उनले देशैभर एनसेलका टावर ध्वस्त पार्ने चेतावनी दिए। ‘हामीले ‘नो ट्याक्स नो एनसेल’ अभियान सञ्चालन गरेका छौं। पहिलो चरणमा प्रचारात्मक रूपमा एनसेलका सिम जलाइयो। तर पनि एनसेलले कुनै चासो राखेन, अब उसको सबै नेटवर्क ध्वस्त पार्ने योजना छ’, विपिनले भने। उनले सुदूरपश्चिमभर १६ वटा टावर ध्वस्त पारिएको बताए।

विप्लवका एक केन्द्रीय सदस्यले भने, ‘एनसेल टावरमा प्रतीकात्मक कारबाही गरिएको बताए। एनसेलमाथि जनताले कारबाही गरेका छन्। हामीमाथि प्रतिबन्ध लगाउनुको कारण पनि एनसेलमाथि कारबाही हुनु नै थियो।’ उनले करछली, मानव तस्करी, भ्रष्टाचार गर्नेलाई पार्टीले कारबाही गर्ने नीति लिएको बताए।

नेपाल प्रहरीका प्रवक्ता डिआईजी विश्वराज पोखरेलले बुधबार राति र बिहीबार बिहान मुलुकका विभिन्न जिल्लामा रहेका एनसेल टावरमाथि आक्रमण भएको बताए।

उनले केही ठाउँमा विप्लव कार्यकर्ताले आगजनी गरेको पुष्टि भए पनि केही ठाउँमा भने पुष्टि भइनसकेको बताए। उनले भने, ‘भौतिक संरचना नष्ट गर्नेलाई पक्राउ गरी आवश्यक कारबाही गर्नेछौं।’

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .