छापा खबर


नेपालमा सक्रिय कोरोना संक्रमित घटे

नेपालमा सक्रिय कोरोना संक्रमित घटे

नेपालखबर
कात्तिक १९, २०७७ बुधबार ०:४२,

देशभर कोरोना भाइरसका सक्रिय संक्रमितको संख्या घटेको छ।

संक्रमणमुक्त हुनेको संख्या बढ्दै गएपछि सक्रिय संक्रमितको संख्या घटेको हो । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभर ३७ हजार ४ सय ७६ जना सक्रिय संक्रमित छन्।

कुल १ लाख ७९ हजार ६ सय १४ संक्रमितमध्ये १ लाख ४१ हजार १ सय ३४ जना संक्रमणमुक्त भएका छन् । जुन ७८ दशमलव ५७ प्रतिशत हो। यो खबर आजको राजधानी दैनिकले छापेको छ।

यस्तै, कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या १ हजार नाघेको छ । मंगलबार थप २० जना संक्रमितको मृत्यु भएसँगै मृतकको संख्या १ हजार ४ पुगेको हो । मंगलबार देशभर थप ३ हजार १ सय ४२ जना कोरोना संक्रमणमुक्त भएको स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा.जागेश्वर गौतमले बताए ।

स्वास्थ्य मन्त्रालयका अनुसार देशभर ४ सय ४० जना कोरोना संक्रमित विभिन्न अस्पतालका आईसीयू र भेन्टिलेटरमा उपचाररत छन् । मन्त्रालयको तथ्यांकअनुसार ६८ जना भेन्टिलेटरमा र ३ सय ७२ जना संक्रमित आईसीयूमा उपचाररत छन् ।

 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad