छापा खबर


हेलचक्र्याइँ गरेकाे भन्दै फेरि लकडाउन गर्ने तयारीमा सरकार

हेलचक्र्याइँ गरेकाे भन्दै फेरि लकडाउन गर्ने तयारीमा सरकार

नेपालखबर
असोज २५, २०७७ आइतबार २३:४२,

सरकारले विश्वभरि महामारीका रूपमा फैलिएको कोरोना भाइरसबाट बच्न अपनाउनुपर्ने सावधानी नअपनाई सर्वसाधारणले हेलचक्र्याइँ गरे पुनः लकडाउन गर्ने तयारी गरेको छ।

नागरिकले सामाजिक दूरी कायम नगर्ने, मास्क नलगाउने र स्वास्थ्य मापदण्ड पालना नगरे कोरोना रोकथाम तथा नियन्त्रणका लागि पुनः लकडाउन गर्ने तयारी गरिएको हो।

सरकारले आफ्नो प्राथमिकता लकडाउन गर्ने नभए पनि सर्वसाधारणबाट हेलचक्र्याइँ गरिएमा र संवेदनशील नभएमा लकडाउन गर्न बाध्य हुने जनाएको छ। याे खबर साेमबारकाे राजधानी दैनिकमा टेनिस रोकाले लेखेका छन्।

सरकारका प्रवक्ता एवं परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले सरकारको बारम्बारको अपिलले काम नगरे कडा कदम चाल्नुपर्ने अवस्था आउन सक्ने बताएका छन्। मन्त्रिपरिषद्का निर्णय सार्वजनिक गर्ने क्रममा आइतबार प्रवक्ता ज्ञवालीले नागरिकको जीवनरक्षा सरकारको सर्वोच्च प्राथमिकता भएको उल्लेख गरे।

काठमाडौं उपत्यकामा फैलिएको संक्रण रोकथामका लागि सीसीएमसी बैठकमा छलफलसमेत सुरु भएको छ।

‘अहिलेको अवस्थामा लकडाउन र निषेधाज्ञा गर्ने कुरा सरकारको प्राथमिकता होइन तर नागरिक संवेदनशील नभए लकडाउन गर्न सरकार बाध्य हुन्छ,’ उनले भने।

सरकारका प्रवक्ता ज्ञवालीले चाडबाडको समयमा नागरिक सचेत भए लकडाउन गर्ने अवस्था नआउने भन्दै बारम्बारको अपिलले काम नगरे कडा कदम चाल्नुपर्ने अवस्था आउन सक्ने जनाए।

सरकारले नागरिकलाई कोरोना संक्रमण जटिल अवस्थामा आउन नदिन सचेतना अपनाउन, स्वास्थ्य मापदण्ड पालना गर्न र संवेदनशील बन्न आग्रहसमेत गरेको छ।

सरकारले पुनः देशव्यापाी लकडाउन गर्नेभन्दा पनि पछिल्ला दिनमा तीव्र रूपमा संक्रमण फैलिरहेको काठमाडौं उपत्यका तथा संक्रमण तीव्र रूपमा फैलिरहेको क्षेत्रमा निषेज्ञाधा लगाउने तयारी गरेको स्रोत बताउँछ।

काठमाडौं उपत्यकामा फैलिएको संक्रण रोकथामका लागि सीसीएमसी बैठकमा छलफलसमेत सुरु भएको छ।

सीसीएमसीको शनिबार बसेको बैठकमा काठमाडौं उपत्यकामा कोरोनाका कारण जटिलता र चुनौती थपिएको निष्कर्ष निकालिएको थियो।

सरकारका प्रवक्ता ज्ञवालीले आइतबार कोरोना भाइरसको महामारीविरुद्धको लडाइँमा काठमाडौंपछि परेको समेत उल्लेख गरे। हरेक राजनीतिक सामाजिक परिवर्तनको नेतृत्व गर्ने काठमाडौं महामारीविरुद्धको लडाइँमा भने पछि परेको उनको भनाइ छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad