छापा खबर


आफ्नैबाट अप्ठेरोमा देउवा

आफ्नैबाट अप्ठेरोमा देउवा

नेपालखबर
असोज १४, २०७७ बुधबार १:५४,

नेपाली कांग्रेसको १३औं महाधिवेशनमा सभापति पदका लागि प्रतिस्पर्धा गरेका शेरबहादुर देउवा, रामचन्द्र पौडेल र कृष्णप्रसाद सिटौला १४औं महाधिवेशनको संघारमा आइपुग्दा आफूनिकटबाटै अप्ठेरोमा परेका छन् ।

१३औं महाधिवेशनमा एउटै प्यानलबाट महामन्त्रीको प्रत्याशी बनेकाहरू नेतात्रयका लागि सबैभन्दा चुनौती बनेर देखिएका खबर आजको नागरिक दैनिकमा बालकृष्ण अधिकारीले लेखेका छन्।

साढे चार वर्षअघि सम्पन्न १३औं महाधिवेशनबाट पार्टी नेतृत्वमा पुगेका देउवाले विधानअनुसार संगठन सञ्चालन गर्न नसकेको भन्दै संस्थापन इतर समूह निरन्तर विरोधमा छन् ।

यसै क्रममा महाधिवेशनको निष्पक्षतामाथि नै प्रश्न उठाउँदै सोमबारमात्र २७ केन्द्रीय सदस्यले केन्द्रीय कार्यालय सानेपामा विरोधपत्र बुझाए । त्यसमा अघिल्लो महाधिवेशनमा देउवा प्यानलबाट महामन्त्रीको उम्मेदवार बनेका अर्जुननरसिंह केसीले समेत हस्ताक्षर गरेका छन् । संस्थापन इतर पक्षमात्र होइन, देउवानिकटका केसीलगायतका नेता पनि उनको कार्यशैलीप्रति सन्तुष्ट छैनन् ।

आफूनिकटका नेता एवं उपसभापति विमलेन्द्र निधिले पनि सभापतिका लागि तयारी थालेपछि देउवासामु चुनौती थपिएको छ । निधिले कम्युनिस्टसँग लड्न आगामी महाधिवेशनबाट पार्टी नेतृत्व सर्वसम्मतिले चयन गर्नुपर्ने जिकिर गर्दै आफूलाई सहयोग गर्न देउवालाई आग्रह गरेका छन् ।

देउवा र निधि दुवै नेतृत्वको प्रतिस्पर्धामा उत्रिए अहिलेकै अवस्थामा महाधिवेशनको परिणाम उनीहरूको पक्षमा नपर्ने विश्लेषण संस्थापन पक्षका नेताहरूको छ ।

त्यसो त सभापति देउवामात्र होइन, अर्का नेता पौडेल पनि उत्तिकै समस्यामा छन् । उमेर र राजनीतिक सहभागिताले समकक्षी देउवा प्रधानमन्त्री र पार्टी सभापति बने पनि ती दुवै पदमा अहिलेसम्म पुग्न नसकेका पौडेल १४औं महाधिवेशनलाई राजनीतिक जीवनको अन्तिम मौकाका रूपमा उपयोग गर्ने प्रयासमा छन् ।

उमेरले ७५ काटेका उनका लागि असन्तुष्ट पक्षको एक्लो उम्मेदवार भएर मैदानमा खडा हुनु सबैभन्दा चुनौतीपूर्ण छ । १३औं महाधिवेशनमा सुशील कोइरालाको विरासतमा सभापतिको प्रत्याशी बनेका पौडेल देउवासँग पराजित भएका थिए ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad