छापा खबर


इम्युनिटी पावर बढाउन भिटामिने सी र डीयुक्त यी खानेकुरा

इम्युनिटी पावर बढाउन भिटामिने सी र डीयुक्त यी खानेकुरा

नेपालखबर
असोज ७, २०७७ बुधबार १:४१,

शरीरमा भिटामिन डी कम हुँदा संक्रामक रोग लाग्ने सम्भावना बढी हुने गर्छ। सामान्यतः भिटामिन डी र सी कमी भएका व्यक्तिमा प्रतिरोधी क्षमतामा पनि प्रत्यक्ष प्रभाव पर्ने भएकाले संक्रमणको जोखिम तुलनात्मक रूपमा बढी हुन्छ।

भिटामिन डी एकदमै कम खाद्यवस्तुमा पाइन्छ। माछा, पनिर, अन्डाको सेतो भागजस्ता खाद्यान्नबाट भिटामिन डी उपलब्ध हुन्छ। यस्तै, सूर्यबाट निस्कने युभी किरणबाट पनि भिटामिन डी उपलब्ध हुन्छ। भिटामिन डीले शरीरमा हाडजोर्नी बलियो बनाउन, सुजन कम गर्न र प्रतिरोधात्मक क्षमता बढाउन मद्दत गर्छ।

सामान्यतः शरीरमा भिटामिनको कमी हुँदा सप्लिमेन्ट प्रयोगमा ल्याउने विषयमा निकै भ्रम रहेको पाइन्छ। कतिपय अवस्थामा खाद्यवस्तुबाटै परिपूर्ति गर्न सकिने भिटामिनका लागि पनि सप्लिमेन्ट प्रयोगमा ल्याउँदा स्वास्थ्यका लागि प्रतिकूल मानिँदैन।

तर, अधिकांशले आफ्नो शरीरलाई चाहिनेभन्दा बढी सप्लिमेन्टको प्रयोग गरिरहेको पाइन्छ, जुन स्वास्थ्यका लागि फाइदाजनक हुँदैन।

पछिल्लो समय बिएमजीले करिब साढे एघार हजारजनामा गरेको अध्ययनअनुसार भिटामिन डीको सप्लिमेन्ट प्रयोग गरिरहेका व्यक्तिमा अन्य व्यक्तिभन्दा संक्रमणको दर न्यून रहेको पाइएको थियो।

खासगरी भिटामिन डिफिसियन्सी भएका व्यक्तिहरूका लागि सप्लिमेन्टको प्रयोग निकै प्रभावकारी रहेको पाइयो। दैनिक वा हप्तामा भिटामिन डी सप्लिमेन्ट प्रयोग गर्ने व्यक्तिमा श्वासप्रश्वासको समस्याको जोखिम न्यून रहेको थियो। 

प्रतिरोधी क्षमता बलियो बनाइराख्न भिटामिन सीले पनि महत्वपूर्ण भूमिका खेलेको हुन्छ। पानीमा घुलनशील भिटामिन सी सुन्तला, कागती, ब्रोकाउली, गोलभेँडाजस्ता तरकारीमा उपलब्ध हुन्छ।

यो एउटा एन्टिअक्सिडेन्ट हो, जसले प्रतिरोधी क्षमता बलियो बनाउन मद्दत गरिरहेको हुन्छ। विभिन्न अध्ययनअनुसार भिटामिन सी सप्लिमेन्ट लिने वयस्कहरूमा चिसो अर्थात् रुघाखोकीको जोखिम ८ प्रतिशत र बालबालिकामा १४ प्रतिशत कम हुने गर्छ, जुन भिटामिन डी लिने व्यक्तिमा पनि देखिने गर्छ।

-आजको नयाँपत्रिकाबाट  

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad