समाज


काठमाडौं उपत्यकामा निषेध अवधि थप गर्न तीन जिल्लाका सीडीओको संयुक्त बैठक बस्दै

काठमाडौं उपत्यकामा निषेध अवधि थप गर्न तीन जिल्लाका सीडीओको संयुक्त बैठक बस्दै

नेपालखबर
भदौ १०, २०७७ बुधबार ४:२१,

उपत्यका (काठमाडौं, ललितपुर र भक्तपुर) मा निषेध (अत्यावश्यकबाहेक अन्य गतिविधि बन्द) को अवधि आज (बुधबार) थप गरिँदै छ।

अघिल्लो बुधबार मध्यरातिदेखि जारी एक हप्ते निषेधको अवधि आज (बुधबार) राति १२ बजेबाट सकिँदै छ।

तर संक्रमण बढिरहेकाले निषेधको अवधि थप्नुपर्ने निष्कर्षमा उपत्यकाका तीनै जिल्लाका प्रमुख जिल्ला अधिकारी पुगेका छन्।

तर कति दिन थप्ने भन्ने विषयमा अहिले बिहान ११ बजेतिर संयुक्त बैठक बसेर निर्णय गर्ने तयारी भइरहेको ललितपुरका प्रमुख जिल्ला अधिकारी नारायणप्रसाद भट्टले जानकारी दिए।

नेपालखबरको जिज्ञासमा उनले भने, ‘बैठक बसेर निर्णय नगर्दासम्म अनुमानका भरमा यति दिन थपिन्छ भनेर त मैले कसरी भन्नू?’ 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad