छापा खबर


काठमाडौं कोरोनाको ‘रेडजोन’मा, अध्ययन भन्छ-२८ प्रतिशत काठमाडौंवासी मास्क पनि लगाउँदैनन्

काठमाडौं कोरोनाको ‘रेडजोन’मा, अध्ययन भन्छ-२८ प्रतिशत काठमाडौंवासी मास्क पनि लगाउँदैनन्

नेपालखबर
साउन २८, २०७७ बुधबार ०:३,

काठमाडौं उपत्यका कोरोना भाइरसको उच्च जोखिम अर्थात् ‘रेडजोन’मा परेको छ । दैनिक संक्रमण बढ्दै गएको उपत्यकामा अहिलेसम्मकै सबैभन्दा बढी संक्रमित थपिएका छन् ।

तर, एकचौथाइभन्दा बढी उपत्यकावासीले मास्क नलगाउने गरेको पाइएको खबर आजको नयाँ पत्रिका दैनिकमा अर्जुन अधिकारीले लेखेका छन्।

स्वास्थ्य मन्त्रालयका अनुसार उपत्यकामा पछिल्लो २४ घन्टामा एक सय ३४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । संक्रमण पुष्टि भएकामध्ये काठमाडौंका एक सय १०, ललितपुरका १६ र भक्तपुरका आठजना छन् । एक महिनायता संक्रमण पुष्टि हुने क्रम बढ्दै गएको छ । चिकित्सकहरूले पनि उपत्यका कोरोनाको ‘हट स्पट’ बन्दै गएको बताएका छन् ।

उपत्यका रेडजोनमा परे पनि यहाँका बासिन्दाले कोरोनाबाट जोगिने न्यूनतम मापदण्डसमेत पालना नगरेको एक अध्ययनले देखाएको छ।

नेपाल स्वास्थ्य अनुसन्धान परिषद्ले गरेको अध्ययनमा शिक्षित व्यक्तिलाई पनि मास्क प्रयोग गर्नेबारे सामान्य ज्ञान नभएको देखिएको छ । परिषद्ले व्यक्तिगत र संस्थागत गरी सात हजार दुई सय पाँचजनाको अध्ययन गरेको थियो । यो संख्याले उपत्यकाको प्रतिनिधित्व गरेको परिषद्ले जनाएको छ।

परिषद्ले ९ साउनदेखि एक साता उपत्यकाका विभिन्न परिषद्ले व्यक्तिगत र संस्थागत गरी दुई तहमा अध्ययन गरेको थियो । व्यक्तिगत तहमा मास्क लगाएको, नलगाएको, मास्कको प्रकार र मास्क लगाउने तरिकाको अवलोकन गरिएको थियो।

व्यक्तिगत रूपमा चार हजार पाँच सय दुईजनामा अवलोकन गर्दा मास्क लगाउने ७२.१ प्रतिशत भेटिएको हो भने नलगाउने २७.९ प्रतिशत भेटिएको थियो । सार्वजनिक स्थलमा जम्मा दुई हजार सात सय तीनजनामध्ये सही तरिकाले मास्क लगाउने ७२.६६ प्रतिशत रहेका थिए।

‘सार्वजनिक स्थलमा नाकमुनि वा चिउँडोमा मास्क लगाउने, घाँटीमा झुन्ड्याउने, हातमा झुन्ड्याउने, मास्कको कडा भागलाई नाकको आकारमा नथिचेर लगाउने २७.३४ प्रतिशत पाइयो,’ डा. धिमाल भन्छन् ।

 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad