कला


बलिउड अभिनेता सञ्जय दत्तलाई फाेक्साेकाे क्यान्सर, उपचारका लागि अमेरिका प्रस्थान

बलिउड अभिनेता सञ्जय दत्तलाई फाेक्साेकाे क्यान्सर, उपचारका लागि अमेरिका प्रस्थान

नेपालखबर
साउन २७, २०७७ मंगलबार २३:५१,

भारतीय अभिनेता सञ्जय दत्तलाई फोक्सोको तेस्रो चरणको क्यान्सर भएको छ। 

उपचारका लागि ६१ वर्षीय दत्त अमेरिका प्रस्थान गरेको भारतीय पत्रिका दैनिक भास्करले जनाएको छ। 

सास फेर्न कठिन भएपछि अभिनेता दत्त यही अगस्ट ८ मा मुम्बइस्थित लीलावती अस्पताल भर्ना भएका थिए। 

त्यस क्रममा कोरोना परीक्षण पनि गरिएको थियो। तर रिपोर्ट नेगेटिभ आएको थियो। तर उनलाई फोक्समो क्यान्सर भएको पत्ता लागेपछि लीलावती अस्पतालबाट सोमबार डिस्चार्ज भएका हुन्। 

दत्तका श्रीमती र सन्तान लकाउनका कारण ५ महिनादेखि दुबईमा छन्।

उनकी आमा नरगिसलाई पनि प्याङ्क्रियाजको क्यान्सर भएको थियो। क्यान्सरकै कारण सन् १९८१ मा आमाको निधन भएको थियो।

सञ्जयलाई पनि क्यान्सर भएपछि उनका फ्यानले स्वास्थ्य लाभको कामना गरिरहेका छन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad