छापा खबर


१५ भदौसम्म विद्यालय र लामो दुरीका यातायात नखोल्न सिफारिस

१५ भदौसम्म विद्यालय र लामो दुरीका यातायात नखोल्न सिफारिस

नेपालखबर
साउन २६, २०७७ सोमबार ०:१०,

सरकारले कोरोना भाइरस (कोभिड–१९) को संक्रमण तीव्र रूपमा फैलिएको भन्दै वृद्धवृद्धा तथा केटाकेटीलाई अत्यावश्यक कामबाहेक घरबाहिर ननिस्कन सचेत गराएको छ।

सरकारले आमनागरिकलाई कोरोनासँग लड्न जीवनशैली बदल्नसमेत अनुरोध गरेको छ।

कोरोना रोकथाम तथा नियन्त्रणका लागि गठित कोभिड–१९ क्राइसिस म्यानेजमेन्ट कमिटी (सिसिएमसी)को आइतबार बसेको बैठकले वृद्धवृद्धा तथा केटाकेटीलाई अनावश्यक कामबाहेक घर बाहिर ननिस्कन सचेत गराएको हो भने जीवन शैली बदल्नसमेत अनुरोध गरेको छ।

सिसिएमीले कोरोनासँग लड्न जीवनशैली बदल्न, केटाकेटी तथा वृद्धवृद्धालाई बाहिर ननिस्कन र अत्यावश्यक कामका लागि बाहिर निस्कने जो कोहीलाई स्वास्थ्य सावधानी अपनाउन, मास्क अनिवार्य लगाउन तथा भीडभाड नगर्न र दुरी कायम गर्न अनुरोध गरेको छ।

सिसिएमसी बैठकले पछिल्लो समय कोरोना संक्रमणको संख्या बढेको भन्दै रोकथामका थप सावधानी अपनाउनुपर्ने अवस्था आएको निष्कर्ष निकालेको छ।

सिसिएमसीले लामो दुरी सवारी साधन (अन्तर जिल्ला यातायात) तथा बाह्य तथा अन्तरिक हवाई उडान १५ भदौसम्म नखोल्न सरकासमक्ष सिफारिससमेत गरेको छ। यो खबर आजको राजधानी दैनिकमा टेनिस रोकाले लेखेका छन्।

गत ५ साउनमा बसेको मन्त्रिपरिषद् बैठकले चार महिना लामो लकडाउन अन्त्य गर्दै लामो दुरीका यातायात, बाह्य तथा अन्तरिक हवाई उडान तथा विद्यालय भर्नालगायतका गतिविधि १ भदौदेखि सञ्चालन गर्न अनुमति दिएको थियो।

सिसिएमसीको बैठकमा भने संक्रमणको बढ्दो स्थिति देखिएको भन्दै तत्काल खुला गर्न नहुने विषयमा छलफल भएको एक सदस्यले बताए। ‘बैठकमा अहिलेको स्थिति विश्लेषण गर्दा संक्रमण बढ्दै गएकाले १५ भदौसम्म खुला गर्न नहुने गरी छलफल भयो तर यो निर्णय मन्त्रिपरिषद्बाट भएकाले स्थितिको विश्लेषण गरेर मन्त्रिपरिषद्ले थप निर्णय गर्न सक्छ,’ एक सदस्यले भने।

सरकारले यसअघि छोटो दुरीका सवारी साधन सञ्चालन गर्न अनुमति दिइसकेको छ । तर, लामो दुरीका सवारी साधन, हवाई सेवा तथा विद्यालय भर्ना भने १ भदौदेखि मात्र खुला गर्ने निर्णय गरेको थियो । अब बस्ने मन्त्रिपरिषद् बैठकले यस सम्बन्धमा निर्णय गर्ने भएको छ।

 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad