छापा खबर


मुसाका कारण चार जिल्लामा विद्युत् अवरुद्ध

मुसाका कारण चार जिल्लामा विद्युत् अवरुद्ध

नेपालखबर
साउन २६, २०७७ सोमबार ०:३०,

उदयपुरको त्रियुगा नगरपालिका ६ जलजलेमा रहेको विद्युत प्राधिकरणको सबस्टेसनको इनकमरमा मुसा पस्दा शनिबार साँझदेखि उदयपुरसहित चार जिल्लाको विद्युत सेवा अवरुद्ध भएको छ।

सबस्टेसनको इनकमरमा मुसा पसेर विद्युत सर्ट हुँदा सबस्टेसनमा आगलागी भई तारहरु जलेकाले विद्युत आपूर्तिमा समस्या भएको खबर आजको गोरखापत्र दैनिकले छापेको छ।

शनिबार साँझ करिब सात बजे गाईघाट फिडरमा मुसा पसेर विद्युत सट हुँदा उदयपुर, खोटाङ, ओखलढुंगा र सोलुखुम्बु जिल्लामा विद्युत अवरुद्ध भएको इन्जिनियर सञ्जीव कर्णले बताए।

जलेको फिडर मर्मत गर्न अझै केही दिन लाग्ने बताइएको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad