छापा खबर


शिल्पाको प्रश्नः लभ गर्ने बेला छबिले ‘तिमी मेरी छोरी जस्ती’ किन भनेनन्?

शिल्पाको प्रश्नः लभ गर्ने बेला छबिले ‘तिमी मेरी छोरी जस्ती’ किन भनेनन्?

नेपालखबर
साउन ३, २०७६ शुक्रबार २:४६,

निर्माता छबि ओझा र अभिनेत्री शिल्पा पोखरेलबीचको विवाद उत्कर्षमा छ।

उनीहरुले तीन वर्षअगाडि विवाह गरेका थिए। अहिले शिल्पाले सम्बन्धविच्छेदको मुद्दा दर्ता गरेकी छन्।

आजको नयाँ पत्रिकामा प्रकाशित शिल्पाको अन्तर्वार्ताको सारसंक्षेपः

अहिले सामाजिक सञ्जालमा तपाईहरुको चर्चा छ नि?
मैले घरेलु हिंसाविरुद्ध बोलेँ। तर, उहाँ (छबि ओझा) ‘चोरको खुट्टा काट्’ भन्दा खुट्टा तानेजस्तो गरी बेलेर हिँडिरहनु भएको छ।

छबिजीले त तपाईं उहाँसँग जानुभयो भने न्याय पाउनुहुन्छ भन्नुभएको छ। जानुहुन्छ?
जाने भन्ने कुरै हुँदैन। अहिले घटना बाहिर आएपछि उहाँ ५५ वर्षको बूढो भएँ भनेर हिँडिरहनु भएको छ। ५५ वर्षको बूढोले लभ गर्ने बेला ‘ल नानी म ५५ वर्षको बूढो, छोरी होस् तँ’ भनेको भए पनि हुन्थ्यो नि।

अहिले आएर सहानीभूतिका लागि किन बुढो भन्नु? त्यतिबेलाचाहिँ २०–२५ वर्षको जस्तो व्यवहार किन गर्नु?

तपाईं सम्पत्तिको लोभले छुट्टि खोज्नुभएको आरोप छ नि?
कसैले सम्पत्तिको लोभ भनिरहेका छन्। ६ महिना अघि मात्र विवाह दर्ता गरेको पनि भनिरहेका छन्।

सायद उहाँहरुलाई थाहा थिएन कि अग्नी साक्षी राखेर बिहे गरेको मितिबाटै म उहाँकी पत्नी भइसकेकी थिएँ।

बिहे दर्ता गरे पनि नगरे पनि परम्परागत बिहे त गरेको हो नि। त्यही मितिलाई कानुनले मान्यता दिन्छ।

तर, जहाँ मायाँ छैन, त्यहाँ सम्पत्तिले केही गर्दैन। उहाँलाई मैले लात्तीले घचेटेर नहिँडेको भए अहिले म बोलिरहेको पनि हुन्नथेँ होला। शिल्पाले आत्महत्या गरिन् भनेर समाचार आउँथ्यो होला।

तपाईंले फिल्मकर्मीहरुबाट कस्तो सहयोग पाइरहनुभएको छ?
कोही पनि कसैको पक्षमा बोल्नुभएको छैन। केही समयअघि स्यासेन श्रेष्ठको कुरा उठ्दा कोही कसैले बोलेनन्। हामी पनि बोल्न डरायौँ।

उहाँलाई परेको बेला कसैले साथ दिएन। मलाई पनि दिएनन्। साथ दिएनन् भनेर चुप लागेर भने बस्दिनँ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .