ऐतिहासिक मुस्ताङी राजा जिग्मे पलवर विष्ट उर्फ अशोक विष्टको अंश सम्बन्धि विवाद २५ वर्षपछि सहमतिमा टुंगिएको छ।
जिल्ला अदालत मुस्ताङका न्यायाधीश मनोज श्रेष्ठको इजलासले दुवै पक्षको संयुक्त मेलमिलापमा अंश मुद्दा टुंग्याएको हो। यो खबर आजको अन्नपूर्ण पोष्ट दैनिकमा श्यामसुन्दथर थकालीले लेखेका छन्।
मुस्ताङी राजाको अंश सम्बन्धि मुद्दा २०५२ सालमा जिल्ला अदालत जोमसोममा दर्ता भएको थियो। राजाको नाममा भएको चलअचल सम्पत्तीमा आफ्नो हिस्सा माग गर्दै राजा जिग्मे पलवर उर्फ अशोक विष्टका माइला दाई लामा थुक्देनकी कान्छी श्रीमती सोनाम छेन्जोम विष्टले मुद्दा दर्ता गराएकी थिइन्।
तत्कालीन मुस्ताङी राजा आङगोई तेन्जिङ धन्डुल पलवर विष्टका ३ वटा छोरा मध्ये पछिल्ला मुस्ताङी राजा जिग्मे पलवर विष्ट उर्फ अशोक विष्ट कान्छा हुन्।
कान्छा भाई अशोकका जेठा दाई आङगुन वाङ्दी न्याङ्वो पलवर विष्ट पहिल्यै स्वर्गारोहरण भएको र माइला दाई लामा आङ्गुन वाङ्दीको पनि २०१५ सालमा स्वर्गारोहरण भइसकेको थियो। राजपरिवारका माइला दाई वाङ्दीका २ वटी श्रीमती मध्ये एकको स्वर्गबास भइसकेको र अशं मागको मुद्दा दत्र्ता गराएकी कान्छी श्रीमती हुन्।
तत्कालीन मुस्ताङी राजाको सम्पूर्ण जायजेथा भने कान्छा छोरा राजा जिग्मे पलवर विष्टको नाममा रहेको थियो।
राजाको नाममा भएको अंश भागबण्डा दाजुभाईलाई नभएको मुद्दामा उल्लेख गरिएको छ। यही अंश मागको विवाद विगत २५ वर्ष सम्म लम्बिदा अन्ततः मिलापत्रमा टुंगिएको हो।

प्रतिक्रिया