छापा खबर


रेखा होइन, छवि नै गलत रहेछन्ः नायिका शिल्पा पोखरेल

रेखा होइन, छवि नै गलत रहेछन्ः नायिका शिल्पा पोखरेल

नेपालखबर
साउन २, २०७६ बिहिबार ०:३९,

छवि ओझाकी श्रीमती नायिका शिल्पा पोखरेलले अब छवि ओझासँग छुट्टिने बताएकी छन्।

‘सँगै बस्न सकिँदैन, मैले डिभोर्स फाइल गरिसकेँ,’ आजको शुक्रबार साप्ताहिकमा छापिएको नायिक पोखरेलको भनाईको सारसंक्षेपः

प्रहरीकोमा उहाँले आफ्नो गल्ती स्वीकार्नु भयो। आइन्दा मार्ने धम्की दिन्न, कुटपिट गर्दिन, दुव्र्यवहार गर्दिन भनेर हस्ताक्षर गर्नुभएको छ।

उहाँले हिर्काएर मेरो कानमा समस्या आएको छ। कानको जालीमा प्वाल परेको छ।

मेरो कानमा हानिसकेपछि उहाँ (छवि) मेरो घाँटी थिच्न आउनुभयो। घाँटी थिच्न आउँदा बच्नलाई खुट्टाले हानेर भागेकी हुँ।

घाँटी थिच्दा अब म मर्छु नै भन्ने लागिसकेको थियो। मर्छु भनेपछि आफैँ खुट्टा चल्दोरहेछ।

विवाहपूर्व मलाई उहाँको यस्तो व्यवहारबारे खासै थाहा थिएन। उहाँले जहिले पनि रेखा दिदी मात्र नराम्रो हो भन्ने पार्नु भएको थियो।

अफिसमै जान्थेँ, रेखा दिदीसँग भेट्टे अवसर नै जुरेन। जो अफिसमा आए पनि रेखा दिदीको मात्रै नराम्रो कुरा गर्नुहुन्थ्यो।

रेखा दिदी नै नराम्रो भन्ने पर्यो मलाई त्यतिबेला। अनि छविजीले कति दुःख पाउनु भएको होला भन्ने बनाउनु भयो मलाई।

अनि मलाई बिचरा किन सबैले छोडेर गएको होला भन्ने भयो। माया लाग्दै गयो। तर, बिहे भएको दुई हप्तामै व्यवहार परिवर्तन भयो।

अहिले बल्ल मलाई थाहा भयो, रेखा दिदीलाई त एसिड नै हालिदिन्छु भन्नु भएको रहेछ पहिला।

रेखा दिदीले केटाकेटी नै भएकाले डरले पुलिसको जान सकिँन भन्नुभयो। ‘दिदी तपाईंले नै बिगार्नु भएको रहेछ नि त, तपाईंले त्यतिबेला पुलिसको गाको भए यतिबेला यो दुःख आइपर्थेन’ भनेँ।

अब अर्को केटीलाई यस्तो नपरोस् भनेर म प्रहरीकोमा गएकी हुँ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad