छापा खबर


भैँसेपाटीमा बन्दै जिम र स्विमिङपुलसहितको मन्त्रीनिवास

भैँसेपाटीमा बन्दै जिम र स्विमिङपुलसहितको मन्त्रीनिवास

नेपालखबर
साउन २, २०७६ बिहिबार ०:८,

सरकारले मन्त्रीहरुका लागि जिम र स्विमिङपुलदेखि हेलिप्याडसम्म भएको सुविधासम्पन्न आबास बनाउँदैछ।

संसद भवन निर्माणका लागि छुट्याइएको ललितपुरको भैँसेपाटीस्थित सैँबु आबास क्षेत्रमा साढे दुई अर्ब लगानीमा ९६ रोपनी १० आना जग्गामा ३३ भवन बनाउन लागेको हो। यो खबर आजको नयाँ पत्रिका दैनिकमा मुना कुँवरले लेखेकी छन्।

यही आवास क्षेत्रभित्र राष्ट्रियसभाका अध्यक्ष, उपाध्यक्ष र प्रतिनिधिसभाका उपसभामुखको पनि निवास रहनेछ। दुई वर्षभित्र निर्माण सक्ने तयारी छ।

मन्त्रीहरुको सुविधासम्पन्न निवासमा कम्युनिटी हल, व्यवस्थापन कार्यालय, किराना पसल, पार्किङ, हेलिप्याड र स्विमिङ पुल हुनेछ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad