छापा खबर


कोरोनाले डब्लुएचओ संकटमा

कोरोनाले डब्लुएचओ संकटमा

नेपालखबर
असार २९, २०७७ सोमबार २:५९,

अमेरिकाले विश्व स्वास्थ संगठनलाई दिँदै आएको सहयोग औपचारिक रुपमा रोक्न राष्ट्रपति डोनाल्ड ट्रम्पले प्रक्रिया अघि बढाएका छन्।

संगठनले कोरोना भाइरसको विश्वव्यापी संक्रमणमा चीनलाई जिम्मेवार नठानेकोमा उनी रुष्ट भएका हुन्।

आजको नागरिक दैनिकमा प्रकाशित समाचार अनुसार अमेरिकी सहयोग आगामी जुलाई महिनापछि बन्द हुनेछ। सबैभन्दा ठूलो दाताले हात झिक्दा संगठनलाई ठूलै धक्का लाग्नेछ।

विश्वका ३९ देशका दुई सय ३९ वैज्ञानिकले हावामार्फत कोरोना संक्रमण नहुने संगठनको धारणा पुरानो र अवैज्ञानिक रहेको भन्दै चिठी लेखेको अर्को दिन गत मंगलबार अमेरिकाले संगठनलाई दिँदै आएको सहयोग बन्द गर्न औपचारिक प्रक्रिया अघि बढाएको हो। संगठनले बिहीबार मात्र कोरोना भाइरस संक्रमण हावामार्फत पनि सर्न सक्ने भनेर स्विकारेको थियो।

अमेरिकी राष्ट्रपति ट्रम्पको संगठनप्रतिको आलोचना पाखन्डीपन हुन सक्छ तर कतिपय जनस्वास्थ्यविद् तथा पत्रकारले उनको आरोपमा केही तुक रहेको स्विकार्छन्।

विश्व स्वास्थ संगठन के हो?
दोस्रो विश्व युद्धपछि संयुक्त राष्ट्रसंघको एक अभिन्न अंगको रुपमा यो संगठनको स्थापना भएको हो। संगठनले ‘मानिसको स्वास्थको उच्चतम स्तर कायम गर्ने’ भनेर आफ्नो उद्देश्य परिभाषित गरेको छ।

यो बृहत् उद्देश्य प्राप्ति गर्ने दिशामा संगठनले सम्भावित जनस्वास्थ्य चुनौतीका विषयमा विश्व समुदायलाई सजग पार्ने, रोगको फैलावट रोक्ने तथा विश्वव्यापी स्वास्थ सेवा नीतिको पैरवी गर्दै आएको छ।

कोरोना महामारी फैलिएका बेला समन्वयकारी संस्थाको हिसाबमा संगठनले आफ्ना ७ हजार कर्मचारी र १ सय ५० कार्यालयमार्फत अन्तर्राष्ट्रिय प्रतिकार्य, रोकथाम गर्न आवश्यक निर्देशन, आपत्काल घोषणा तथा सदस्य राष्ट्रलाई आपसी सहयोगमा जुटाउन महत्वपूर्ण भूमिका निर्वाह गर्दै आएको छ।

कोरोनाविरुद्ध भ्याक्सिन बनिहाल्यो भने पनि त्यसको विश्वव्यापी वितरण र मूल्य निर्धारणमा समेत संगठनको महत्वपूर्ण भूमिका रहनेछ।

तर सदस्य राष्ट्रलाई प्रत्यक्ष निगरानी गर्ने अधिकार संगठनलाई छैन। यो उसको क्षमताभन्दा बाहिर पनि छ। अन्य अन्तर्राष्ट्रिय संस्थाजस्तै यो संगठन अमेरिका र चीनजस्ता शक्तिशाली सदस्य राष्ट्र तथा बिल गेट्स फाउन्डेसनजस्ता निजी लगानीकर्ताको आर्थिक तथा राजनीतिक दबाबबाट प्रभावित हुँदै आएको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad