छापा खबर


लुकिछिपी आउनेको कारण काठमाडौं उपत्यकामा जोखिम बढ्यो

लुकिछिपी आउनेको कारण काठमाडौं उपत्यकामा जोखिम बढ्यो

नेपालखबर
असार ५, २०७७ शुक्रबार ०:५६,

प्रभावकारी कदम चालिए पनि काठमाडौँ उपत्यकामा लुकिछिपी तथा शक्तिका आडमा मानिस प्रवेश गरेका कारण उपत्यकामा कोरोना भाइरसको जोखिम बढ्दै गएको छ।

उपत्यकामा बिहीबार मात्र छ जनामा कोरोना सङ्क्रमण देखिएको छ। उपत्यकामा बाहिरबाट आएका व्यक्तिमा धमाधम कोरोना देखिन थालेपछि थप सतर्क हुन दबाब परेको खबर आजको गोरखापत्र दैनिकमा देवबहादुर कुँवरले लेखेका छन्।

काठमाडौँका प्रमुख जिल्ला अधिकारी जनकराज दाहाल बाहिरबाट आउने व्यक्तिका लागि क्वारेन्टाइन व्यवस्थाको जिम्मेवारी स्थानीय तहलाई तोकिएको बताउछन्। काठमाडौँ उपत्यका प्रवेश गर्न घरधनीदेखि वडा हुँदै पालिका सम्मको सिफारिस अनिवार्य छ तर लुुकिछिपी र शक्तिको आड लिएर आउनेलाई ती नियमले छुन नसकेको कतिपय सम्बन्धित अधिकारी बताउँछन्।

महानगरीय ट्राफिक महाशाखाका प्रवक्ता जीवन श्रेष्ठ प्रहरीले रोके पनि ठूलाबडाले फोन गरेर आउन सिफारिस गर्नाले काठमाडौँमा कोरोना सङ्क्रमणको जोखिम बढ्दै गएको बताउछन्।

काठमाडौँ उपत्यका प्रवेश गर्ने तथा बाहिर जाने सवारी साधनको सङ्ख्या दैनिक १० हजारभन्दा बढी रहेको छ । तीमध्ये एउटा स्थानीय तहबाट अर्को स्थानीय तहमा जान आवश्यक सिफारिस लिएका धेरै कम छन् । गृह मन्त्रालयबाट जारी ई–पास बोकेर आउनेको सङ्ख्या पनि त्यत्तिकै छ ।

जसका कारण कोरोना सङ्क्रमण फैलिने जोखिम उच्च रहेको सम्बन्धित अधिकारी नै बताउँछन् । काठमाडौँ महानगरपालिकाका प्रवक्ता ईश्वरमान डङ्गोल आफ्नो घर टोल तथा वडामा को आयो आएन भन्ने कुराको सूचना सङ्कलन गर्ने जिम्मेवारी वडा कार्यालयलाई दिएको बताउछन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad