गण्डकी प्रदेशमा थप २४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। प्रदेशका चार जिल्लामा गरेर थप २४ जनामा संक्रमण पुष्टि भएको गण्डकी प्रदेशको कोरोना नियन्त्रण तथा रोकथाम कार्यक्रमका निर्देशक डा. विनोद विन्दु शर्माले जानकारी दिए।
पूर्वी नवलपरासीका २ जना, बागलुङका १४ जना, कास्कीका ६ जना र स्याङ्जाका ६ जनामा गएराति कोरोना संक्रमण पुष्टि भएको हो। नयाँ संक्रमितमा तीन जना महिला र बाँकी सबै पुरुष छन्।
योसँगै गण्डकी प्रदेशमा कोरोना संक्रमितको संख्या तीन सय ४८ पुगेको छ। अहिलेसम्म २२ जना निको भएर घर फर्किसकेका छन्। एक संक्रमितको भने मृत्यु भएको छ।

नेपालमा बिहीबार ६७१ जनामा कोरोना पुष्टि भएको थियो। योसँगै नेपालमा संक्रमितको संख्या ७ हजार ८ सय ७२ पुगेको छ। नेपालमा कोरोना संक्रमणका कारण हालसम्म २२ जनाको मृत्यु भइसकेको छ।
Shares

प्रतिक्रिया