छापा खबर


लकडाउनले भोकै परेपछि एक मजदुरद्वारा आत्महत्याको प्रयास

लकडाउनले भोकै परेपछि एक मजदुरद्वारा आत्महत्याको प्रयास

नेपालखबर
जेठ २२, २०७७ बिहिबार ०:७,

मकवानपुरको हेटौंडा ४ का एक मजदुरले यसैसता हात्महत्याको प्रयास गरे।

छिमेकीले तत्काल थाहा पाएपछि उद्धार गरी उनलाई सान्त्वना मात्र दिएनन्, केही रकम जम्मा गरी दाल, चामलको जोहो गरिदिए।

लकडाउनका कारण दैनिक ज्यालादारीको काम गर्न नपाएपछि ती अधबैंसे पुरुषले आत्महत्या प्रयास गरेका खबर आजको अन्नपूर्ण पोष्ट दैनिकमा हेटौंडाबाट शुभलक्ष्मी विश्वकर्माले लेखेकी छन्।

लकडाउनको कारण काम बन्द भएपछि दैनिक ज्यालादारी गरी जीविका चलाउँदै आएका मजदुरको दैनिकी कष्टकर बनेको छ।

विपन्नलाई सरकारले स्थानीय तहमार्फत राहत दिने निर्णय गरे पनि कतिपय ठाउँमा सेवा पुग्न नसक्दा उनीहरु मारमा छन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad