चितवनको भरतपुर अस्पतालको आईसीयूमा उपचाररत एक व्यक्तिको आज (सोमबार) बिहान मृत्यु भएको छ।
लुम्बिनी अञ्चल अस्पतालबाट रेफर गरिएका नवलपरासी रामग्राम-५ का ४८ वर्षीय पुरुषको सोमबार बिहान मृत्यु भएको हो।
‘उहाँलाई राति १२ बजेदेखि आईसीयूमा राखिएको थियो,’ अस्पतालका सूचना अधिकारी लीलाधर पौडेलले नेपालखबरसँग भने, ‘बिहान ३ बजेतिर उहाँकाे मृत्यु भएको हाे।‘
काेराेना हाे कि हाेइन भनेर निश्चित गर्न उनको स्वाब परीक्षणका लागि ल्याबमा पठाएकाे जानकारी दिँदै सूचना अधिकारी पौडेलले भने, ‘त्यो नेगेटिभ पोजिटिभ के आउँछ, त्यसपछि शव व्यवस्थापन गरिनेछ।’
उनको स्वाब उता लुम्बिनी अस्पतालमा पनि परीक्षण भइरहेकाे र रिपाेर्ट आउन बाँकी रहेकाे बताइएकाे छ।
चिकित्सकका अनुसार दुई दिनदेखि गम्भीर बिरामी परेका ती पुरुषलाई छाती दुख्ने, वान्ता हुने तथा श्वाप्रश्वाससम्बन्धी समस्या थिए।
यी व्यक्तिमा पनि कोरोना संक्रमण पुष्टि भयो भने नेपालमा कोरोनाका कारण मृत्यु हुनेको संख्या ४ पुग्नेछ। यसअघि काेराेना संक्रमणबाट दुई पुरुष र एक महिलाकाे मृत्यु भइसकेकाे छ।
Shares
प्रतिक्रिया