ad ad

छापा खबर


२४ घन्टामै थपिए काेराेनाका ८३ नयाँ संक्रमित, कहाँ-कहाँ देखियाे नयाँ केस?

२४ घन्टामै थपिए काेराेनाका ८३ नयाँ संक्रमित, कहाँ-कहाँ देखियाे नयाँ केस?

नेपालखबर
बैशाख ३०, २०७७ मंगलबार २३:४७,

नेपालमा कोरोना संक्रमितको संख्या दुई सय १७ पुगेको छ । मंगलबार मात्रै ८३ नयाँ संक्रमित देखिएका छन् ।

२४ घन्टामै यति ठूलो संख्यामा संक्रमित देखिएको पहिलोपटक हो । यो खबर आजको नयाँ पत्रिका दैनिकमा तिवारी यादव र अर्जुन अधिकारीले लेखेका छन्।

स्वास्थ्य मन्त्रालयका सहप्रवक्ता डा. समीर अधिकारीका अनुसार पर्सामा ५७, रूपन्देहीमा नौ, कपिलवस्तु आठ, महोत्तरी, धनुषा र भक्तपुरमा दुई–दुई तथा बारा, काठमाडौं र सर्लाहीमा एक–एक नयाँ संक्रमित देखिएका छन् ।

अहिलेसम्म संक्रमण देखिएका दुई सय १७ मा एक सय ६७ पुरुष र ५० महिला छन् । उनीहरूमध्ये ३३ जना उपचारपछि निको भएर घर फर्किसकेका छन् । संक्रमित सबै स्वास्थ्यकर्मीको सम्पर्कमा छन् ।

सबै संक्रमितको स्वास्थ्य अवस्था सामान्य रहेकाले उनीहरूलाई आइसोलेसनमा राखेर उपचार भइरहेको छ । उनीहरूलाई अधिकतम तातोपानी र झोलिलो खानेकुरा खान चिकित्सकहरूले सुझाब दिएका छन् ।

कोरोनाको आशंकामा काठमाडौं उपत्यकाभित्र एकजना र बाहिर दुई सय २७ जना अस्पतालको आइसोलेसनमा छन् । त्यस्तै देशभर १२ हजार सात सय ८५ जना क्वारेन्टाइनमा रहेको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

स्वास्थ्य मन्त्रालयका अनुसार कोरोनाको आशंकामा पछिल्लो २४ घन्टामा दुई हजार दुई सय ३६ जनाको नमुना परीक्षण भएको छ ।

स्वास्थ्य मन्त्रालयका अनुसार अहिले कोरोना परीक्षण गर्ने एक लाख पिसिआर किट मौज्दात छ । स्विट्जरल्यान्ड सरकारले दिएको ६० हजार र सोमबार चीन सरकारले दिएको ४० हजार किट मौज्दात छन् ।

करिब १० हजारको संख्यामा अन्य दाताहरूले सहयोग गरेका छन् । यससँगै सेनाले ३० हजार खरिद गर्दै छ भने स्वास्थ्य सेवा विभागले ३० हजार किट खरिदका लागि टेन्डर आह्वान गरिसकेको छ ।

मन्त्रालयका अनुसार देशभरका अस्पतालमा नौ सय नौ आइसियू र पाँच सय ३९ भेन्टिलेटर छन् । तीमध्ये तीन सय ४५ शय्या आइसियू र एक सय ४५ भेन्टिलेटर कोरोना संक्रमितको उपचारका लागि तयार गरिएका छन् । बाँकी नियमित बिरामीको उपचारमा प्रयोग गरिनेछन् ।

सहिद शुक्रराज ट्रपिकल तथा सरुवारोग अस्पतालका चिकित्सक डा.अनुप बाँस्तोलाले संक्रमितमा देखिएको लक्षणका आधारमा कोरोनाको उपचार हुने बताए ।

कोरोना संक्रमित भएर आइसियूमा पुगेका बिरामीलाई दिइने औषधि न्यून छ । औषधि व्यवस्था विभागलाई औषधि उद्योग र आयातकर्ताले उपलब्ध गराएको हालको मौज्दात सूचीमा ज्यादै न्यून मात्रामा औषधि देखिएको छ । कतिपय औषधि पाँच सय बिरामीलाई पुग्नेछ भने केही दुई सयजनालाई पुग्ने मात्रै छ।

आइसियूका बिरामीलाई इन्जेक्टेवल औषधि दिइन्छ । यी सबैजसो भारतबाट आयात हुने गर्छन् । नेपालमा नेसनल हेल्थ केयर र शिव फर्मास्युटिकल्सले मात्रै इन्जेक्टेवल औषधि उत्पादन गर्छन् ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .