छापा खबर


लक्षणबिनै कोरोना संक्रमण फैलिँदा त्रास बढ्यो

लक्षणबिनै कोरोना संक्रमण फैलिँदा त्रास बढ्यो

नेपालखबर
बैशाख २४, २०७७ बुधबार ०:२९,

थप सात जनामा कोरोना संक्रमण पुष्टि भएपछि नेपालगञ्जमा संक्रमितको संख्या २३ पुगेको छ।

संक्रमण पुष्टि भएका व्यक्तिमा लक्षण भने केही नदेखिएको खबर आजको नागरिक दैनिकमा नेपालगञ्जबाट अर्जुन ओलीले लेखेका छन्।

स्वास्थ्यकर्मीका अनुसार कोरोना भाइरस संक्रमणपछि ज्वरो, रुघाखोकीलगायतका लक्षण देखिनुपर्छ।

भेरी अस्पतालका वरिष्ठ फिजिसियन डा.संकेत रिसालले भने लक्षणबिना नै कोरोना भाइरस पोजेटिभ देखिनु अस्वाभाविक नभएको बताउँछन्।

‘संक्रमित व्यक्ति सबैमा लक्षण नदेखिन पनि सक्छ। कसैमा रोग प्रतिरोधात्मक क्षमताले पनि फरक पारेको हुनसक्छ,’ उनले भने, ‘अमेरिकामा जुन लक्षण देखिएको छ, त्यो लक्षण नेपालमा नदेखिन पनि सक्छ।’

उदाहरण दिँदै डा. रिसालले भने, ‘गोमन सर्पले तराईमा टोक्दा र मुगु, हुम्ला अर्थात चिसो ठाउँमा टोक्दा एकै खालको विष हुँदैन।’

नेपालमा कोरोना भाइरसको शक्ति कसैले परीक्षण नगरेको हुँदा लक्षण एउटै नहुने डा.रिसालको तर्क छ।

नेपालगन्जमा पहिलो संक्रमितबाट अन्यमा संक्रमण फैलिएको हो या अरु कसैबाट फैलिएको हो भन्नेबारे स्वास्थ्यकर्मी अन्योलमा छन्।

लक्षण नदेखिएरै संक्रमित बढ्न थालेपछि नेपालगञ्जबासी थप डराएका छन्।

 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad