राजनीति


राष्ट्रपति ट्रम्पको दाबी काट्दै अमेरिकी सेना प्रमुखले भनेः कोरोना चीनबाट फैलिएको भन्ने कुनै प्रमाण छैन

राष्ट्रपति ट्रम्पको दाबी काट्दै अमेरिकी सेना प्रमुखले भनेः कोरोना चीनबाट फैलिएको भन्ने कुनै प्रमाण छैन

नेपालखबर
बैशाख २४, २०७७ बुधबार ०:४६,

आफ्ना राष्ट्रपति र विदेशमन्त्रीले कोरोना भाइरसबारे चीनलाई लगाइरहेको आरोपविपरीत अमेरिकाका सेना प्रमुखले यसबारे कुनै प्रमाण नभएको बताएका छन्।

अमेरिकी सेनाका प्रमुख जनरल मार्क माइलेले कोरोना भाइरस चीनको प्रयोगशालाबाट फैलाइएको भन्ने सबै आशंका र अनुमान गलत भएको बताएका हुन्।

‘कोरोनाभ भाइरस वुहानको प्रयोगशालाबाट उत्पादन गरिएको हो? अथवा जंगली जनावरको बजारबाट उत्पन्न भएको हो?,’ मंगलबार पेन्टागनमा पत्रकारहरूसँग कुरा गर्दै जनरल मार्क विलेले भने, ‘यी प्रश्नको एक मात्र उत्तर हो- हामीलाई थाहा छैन।’

दुई दिनअघि मात्र अमेरिकी विदेश सचिव माइक पोम्पिओले कोरोना भाइरस चीनको प्रयोगशालाबाट फैलिएको आरोप लगाउँदै त्यसका पर्याप्त प्रमाण रहेको दाबी गरेका थिए।

यसअघि राष्ट्रपति डोनाल्ड ट्रम्पले पनि चीनविरुद्ध पटपपटक यस्तै आरोप लगाइसकेका छन्। बीबीसी

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad